भूकम्पबाट दोलखामा चार हजार सुत्केरी र गर्भवतीलाई असर


प्रकाशित मिति :2015-06-09 16:07:37

चीना थापा

काठमाडौं,जेठ २६। भूकम्पबाट दोलखामा चार हजार एक सय गर्भवती तथा सुत्केरी महिला प्रभावित भएको महिला विकास कार्यालय दोलखाले जनाएको छ। दोस्रो भूकम्पको केन्द्रविन्दु भएको दोलखामा धेरै गर्भवती र सुत्केरी महिला प्रभावित भएको महिला अधिकृत लक्ष्मी ढकालले बताउनुभयो।

उहाँले भन्नुभयो ‘सवैलाई सहयोग पुर्‍याउन सकेका छैनौैं। एक महिनाका सुत्केरी र ९ महिना पुगेका गर्भवतीलाई मात्र संरक्षण दिएका छौं। महिला,बालबालिका तथा समाज कल्याण मन्त्रालयसँग थप सहयोग मागेका छौँ। आएपछि बाँकी गर्भवती र सुत्केरीलाई सहयोग गर्छौ।’

कार्यालयका अनुसार दुईसय जना सुत्केरीलाई आवश्यक सम्पुर्ण सामग्री र पाँच सय जना सुत्केरीलाई स्यानीटर प्याड अन्य सामग्री वितरण गरिएको अधिकृत ढकालले जानकारी दिनुभयो। यसैगरी जिल्ला दैवी प्रकोप उद्धार समितीसँग समन्वय गरेर ८० जना सुत्केरीलाई पाल र छसय जना सुत्केरी तथा गर्भवतीलाई कम्मल वितरण गरेको उहाँले बताउनुभयो।

महिला विकास कार्यालय दोलखाले बर्थिङ सेन्टर, अस्पताल तथा स्वास्थ्य चौकीहरूबाट गर्भवती तथा सुत्केरीको तथ्यांक संकलन गरी उनीहरूलाई सोही ठाउँमानै पाल, उनीहरूको अति आवश्यक सामग्री र सरसफाईमा प्रयोग हुने सामग्री पढाउने गरेको ढकालले बताउनुभयो।

दोलखामा महिला विकास कार्यालयले एकल, जेष्ठ नागरिक, अपाङ्गगता भएका महिलाको पनि तथ्यांक संकलन गर्न शुरु गरेको छ। विपत्तिको वेला यसक्षेत्रबाट महिला तथा बालबालिकालाई विभिन्न प्रलोभन देखाएर मानव तस्करहरूले बेच्नसक्ने कुरालाई ध्यानमा राखेर खरिढुङगा र किर्नेमा चेकपोष्ट राखिएको ढकालले जानकारी दिनुभयो।

यसैगरी नुवाकोटमा कति सुत्केरी र गर्भवती प्रभावित भए भन्ने तथ्यांक नभएको महिला विकास कार्यालय नुवाकोटकी अधिकृत भुला भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार सुत्केरी गर्भवतीसँगै एकल, जेष्ठ नागरिक र अपाङ्गता भएका महिलाको पनि तथ्यांक संकलन गर्ने तयारी भैरहेको छ। अबको एक हप्तासम्म तथ्यांक संकलन भैसक्ने उहाँले बताउनुभयो।

नगरपालिका सहित ६१ गाविस रहेको नुवाकोटमा धेरै ग्रामिण क्षेत्र भएकाले र राहत वितरणमा बढी प्राथमिकता दिएकाले तथ्यांक संकलन गर्न ढिला भएको अधिकृत भण्डारीले बताउनुभयो।

नुवाकोटमा भूकम्पका कारण घर पुर्णरुपमा भत्केका सुत्केरीलाई १४ ठाउँमा सुरक्षित आवासमा राखिएको उहाँले बताउनुभयो। यहाँ सुत्केरी तथा गर्भवतीलाई मनोपरामर्श सेवा, खानाको व्यवस्था, बच्चाको लागि कपडाको व्यवस्था गरिएको भण्डारीले बताउनुभयो।

प्रकाशित मितिः २०७२ जेठ २६ मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: