बेचिदै गरेका चार महिलाको उद्धार


प्रकाशित मिति :2015-06-09 16:42:03

महिला खबर

IMG_1124
काठमाडौं, जेठ २६ । नेपालबाट भारत तर्फ बेच्न लैजाँदै गरेका अवस्थामा चेलीबेटी बेचबिखनविरुद्ध सक्रिय माईती नेपालले ५ जना किशोरीको उद्दार गरेको छ ।

विवाह गर्ने तथा अन्य विभिन्न वाहनामा भारतको पञ्जावतर्फ लैँजादै गरेको अवस्थामा कञ्चनपुरको गड्डाचौकीमा प्रहरी चेकजाँचको क्रममा उनीहरूलाई फर्काइएको माईती नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
सोधपुछका क्रममा पहिले उनीहरूले पञ्जावमा आफन्तलाई भेट्न जाने वहाना वनाएपनि पछि वेच्न लैजान लागेको हो भन्ने खुलेको हो ।

बेचबिखनमा संलग्न भारतको पञ्जावमा वस्दै आएका दुईजना भारतीय भने फरार रहेका छन् भने विहे गर्ने वहानाका अभियुक्त एक जनालाई प्रक्राउ गरी प्रहरीमा बुझाएको माईती नेपालले पत्रकार सम्मेलनमा जानकारी दियो ।
कसैलाई साथी बनाएर तथा कसैलाई विहे गर्ने वहानामा भारतको एक डान्सवारमा लैजान लागेको पीडित महिलाले बताए । बेचबिखनमा संलग्न युवाले राम्रो काम हुने र धेरै कमाई हुन्छ भन्ने प्रलोभनमा पारेपछि आफूहरू जान राजी भएको ती किशोरीले बताएका हुन् ।

पीडित चारै जना न्युन आयस्तर भएका, नपढेका, कम पढेका तथा वेरोजगार छन् ।
अहिले चारैजना किशोरी माईती नेपालको संरक्षणमा छन् । सबैको आर्थिक अवस्था नाजुक भएको कारण उनीहरूको योग्यता र रुचि अनुसारको तालिम दिएर उनीहरूलाई सक्षम बनाउने तथा घर र्फकन चाहनेलाई घर फर्काउने माईती नेपालकी कानुनी अधिकृत सजनी जोसीले बताउनुभयो ।

बेचबिखनमा संलग्न युवाको भने खोजी कार्य जारी रहेको छ ।

प्रकाशित मिति २०७२ जेठ २६ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: