सहमतिले सम्बोधन गरेन आमाको नागरिकता दिने हक


प्रकाशित मिति :2015-06-09 17:24:06

पछिल्लो सहमतिमा आमाको नामबाट नागरिकता दिन सक्ने समानताको हकलाई वेवास्ता गरिएको छ।

दुर्गा कार्की

ललितपुर, जेठ २६। संविधान निर्माणका लागि ४ राजनीतिक दलबीच सोमबार मध्यरातमा भएको सहमति कोशेढुङ्गा सावित भएको छ। गएराती मध्यरातमा १६ बुँदे सहमति भएपछि आठ वर्षदेखिको संविधान बनाउने गाँठो फुकेको हो।

दलहरूले संघीयता र प्रदेश रचना, संसद र निर्वाचन प्रणाली, शासकीय स्वरुप न्याय प्रणालीलगायतका विवादित विषय सल्टाउँदै संविधान निर्माणको ढोका खोलेका हुन्। सहमति हुने क्रममा संविधानमा आमाको नाममा नागरिकताको अधिकार सुनिश्चित गर्न मस्यौदामा भएको विद्यमान प्रावधान ‘आमा र बाबु’ को ठाउँमा ‘आमा वा बाबु’ हुनुपर्ने भन्दै उठेको आवाजलाई वेवास्ता गरिएको भन्दै महिलाले असन्तुष्टि जनाएका छन्।

गएको माघ महिनामा आगामी संविधानमा ‘आमा वा बाबु’ मध्ये एक नेपाली नागरिक भए उनीहरूवाट जन्मेको सन्तानलाई वंशजका आधारमा नागरिकता दिने प्रतिवद्धता दलहरूले जनाएका थिए। तर थुप्रै विवादित विषय हुँदाहुँदै नागरिकताकोे एउटामात्रै विषयमा सहमति गर्दा नागरिकमा राम्रो सन्देश नजाने भएकाले सवै विषयमा सहमति हुँदा यसलाई पनि समेटिने प्रतिवद्धता जनाएका थिए।

‘तर, त्यो प्रतिवद्धता नेताहरूले विर्सेपनि हामी पुनःस्मरण गराउँछौ’— अधिवक्ता सपना मल्ल प्रधान भन्छिन्। संसोधन प्रस्ताव ल्याएर भनेपनि यसलाई सच्याउनुपर्ने उनको माग छ। ‘अव विभेदलाई हामी निरन्तरता दिन सक्दैनौँ, समानता कायम गर्ने कुरामा हामी नेताहरूलाई फेरी झक्झक्याउँछौ, स्मरण गराउँछौं’— महिला खवरको जिज्ञाशामा मल्लले भनिन्। महिला अधिकार स्थापित गर्ने उत्तरदायित्व नेताको पनि भएको मल्लको भनाइ छ। यो प्रक्रियालाई महिलाले अत्यन्तै चनाखो भएर हेरिरहेको र तत्काल यसमा लाग्ने पनि उनले बताइन्।

यसैगरि सभासद सीता गुरुङ्ले संविधान निर्माणका लागि दलहरूबीच भएको १६ बुँदे सहमतिमा नागरिकताको विषय नपर्नु आश्चर्यजनक भएको बताइन्।

माओवादी नेता शशी श्रेष्ठले महिलाको चौतर्फी दबाबस्वरुप दलहरूले दिएको वचन पुरागर्न नसक्नु अत्यन्तै दुखद भएको बताइन्। यो प्रतिवद्धतालाई दलहरूले पुनः कार्यान्वयन नगरे आम महिलाले उनीहरूमाथि गरेको भरोसा उड्ने उनको भनाई छ। साथै मिश्रीत निर्वाचन प्रणालीमा तोकिएको प्रतिशतले संसदमा महिलाको प्रतिनिधित्व स्वात्तै घट्ने उनले स्पष्ट पारिन्। यी सवै विषयलाई समेटेर अर्न्तपार्टी महिला सञ्जालले प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने जानकारी उनले दिएकी छिन्।

पहिलो संविधानसभाले तयार गरेको संविधानको मस्यौदामा भएको ‘बाबु र आमाबाट’ जन्मेको बच्चालाई वशंजका आधारमा नागरिकता दिईने छ भन्ने प्रावधानको सट्टा ‘बाबु वा आमा’ राख्नुपर्ने माग महिलाले गरेका हुन्। यसैगरि नेपाली पुरुषले विदेशी महिलासँग विवाह गरेमा तुरुन्तै अङ्गिकृत नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गर्दा पुरुषले अङ्गिकृत नागरिकता पाउन १५ वर्ष कुर्नुपर्ने व्यवस्थाको समेत महिलाहरूले विरोध गरेका छन्। यो समयावधि निकै लामो भएकाले उनीहरूबाट जन्मेका बच्चालाई समेत समस्या पर्ने भएकाले यस्तो व्यवस्था समान हुनुपर्ने उनीहरूले माग गरेका हुन्।

प्रकाशित मितिः २०७२ जेठ २६ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: