किशोरीमाथि सामूहिक बलात्कार


सात जना पक्राउ

प्रकाशित मिति :2015-06-10 09:53:54

महिला खबर

सुनसरी, जेठ २७ ।  एक १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले शंकास्पद सात जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयका डीएसपी सुदमकुमार सिजापतिका अनुसार पक्राउ गरिएका मध्ये एकजना वास्तविक बलात्कारी रहेका छन् । अन्य बलात्करीको खोजी भइरहेको सिजापतिले बताउनुभयो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिम क्षेत्रमा रहेको खुला चौरमा बसिरहेकी १६ वर्षीया एक किशोरीमाथि सोमबार बेलुका सामूहिक बलात्कार  भएको थियो ।

किशोरीसँगै रहेका उनका साथीलाई मरणासन्न हुनेगरि कुटपीट गरेपछि किशोरीलाई नजिकै रहेको चारकोशे जङ्गलमा लगि नौजनाको समूहले किशोरीको मुख र आँंखामा पट्टी बाँधेर  सामूहिक बलात्कार गरेको लिखित उजुरी जिल्ला प्रहरी कार्यालयमा सुनसरीमा  दिएकी थिइन् ।

सामूहिक बलात्कारपछि जङ्गलमा छाडिएकी किशोरी मुस्कीलले घरमा आएर घट्नाबारे अभिभावकलाई जानकारी दिए लगतै उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी हुन् ।
किशोरीको मानसिक अवस्था विक्षीप्त रहेको अस्पतालले जनाएको छ । उनलाई मनोसामाजिकपरामर्श दिएर राखिएको छ ।

प्रकाशित मितिः २०७२ जेठ २७ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: