विद्यालयमा रजश्वला सम्बन्धि सचेतना कार्यक्रम


प्रकाशित मिति :2015-06-10 15:38:09

लमजुङ २७, जेठ । लमजुङमा रजस्वलाको बारेमा पर्याप्त जानकारी नहुँदा मानसिक र शारीरिक समस्या देखिन सक्ने भन्दै न्यूनिकरणका लागि सचेतना मुलक कार्यक्रम गरिएको छ ।

इनरह्विल क्लव अफ न्युरोड पोखराले पश्चिम लमजुङमा रहेको कुसुमाकर उच्च माविमा रजस्वलासम्बन्धि सचेतना र सेनेटरी प्याड वितरण भएको छ ।

विद्यालयका कक्षा ६ देखि ८ का छात्राहरूलाई पोखराको फिस्टेल हस्पितलका डा.बन्दना ताम्राकारले रजस्वला किशोरीहरूको निश्चित उमेर पछि हुने नियमित प्रक्रिया भएको बताउँदै सेनेटरी प्याडको प्रयोग र सरसफाइका बारेमा ध्यान दिनुपर्ने बताउनु भयो ।

विद्यालयका प्राध्यापक ध्रुवराज घिमिरेले समयसँगै विकास भएता पनि किशोरीहरूले आफ्ना समस्या खुलेर राख्न नसक्ने हुँदा सचेतना र परामर्शका कार्यक्रम मार्फत जानकारी दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा अध्यक्ष उर्मिला श्रेष्ठले रजश्वलाका समयमा सरसफाइमा ध्यान दिन सुझाव दिदै सेनेटारी प्याड र अन्य आवश्यक सामाग्री वितरण गर्नु भएको थियो ।

प्रकाशित मिति २०७२ जेठ २७ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: