महिला अधिकारका लागि अनौठो ड्रेस


प्रकाशित मिति :2015-06-10 15:49:50

महिला खबर

today-graduationdress-क्यानाडा,जेठ २७ । क्यानाडामा एक किशोरीले  महिला अधिकारका लागि अनौठो अभियान शुरु गरेकी छन् ।

क्यानाडाकी १८ वर्षीया इरीनी पइस्लेले ‘मैल पढ्ने मौका पाएँ, तर सबै महिलाले यो अधिकार पाएका छैनन्’ भन्ने सन्देश लेखेको लुगा लगाएर विद्यालय तहकोे दिक्षान्त समारोहमा आएकी थिइन् ।

उनले लगाएको ड्रेस  उनैले स्कुलमा गरेको गृहकार्यको पुरानो कापीबाट तयार गरिएको थियो ।

पइस्लेले कागजको पहिरनबाट महिला अधिकार र महिला शिक्षा बारे सचेतना जगाउने उद्देश्य राखेको बताईन । उनले भनिन् ‘आफूलाई सानैदेखि महिला अधिकारको क्षेत्रमा काम गर्ने रुची थियो ।’

पइस्लले उक्त पहिरनलाई लिलामीमा राखेकी छिन् । उनले  त्यसबाट आएको पैसा मलाला कोषमा जम्मा गर्ने बताएकी छिन् ।  त्यो पैसा महिला शिक्षाको लागि  प्रयोग हुने विश्वास व्यक्त गरिन् । उक्त पहिरनको मुल्य ४ सय डलर तोकिएको छ ।

प्रकाशित मिति:  २०७२ जेठ  २७ वुधवार

श्रोत : टुडेडटकम

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: