महिला खबर
पोखरा, जेठ २८ । पोखरामा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । पहिलाे खेलमा एपीएफले विजयी सुरुवात गरेको छ ।एपीएफले विराटनगरलाई ६ विकेटले पराजित गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको विराटनगरले एपीएफलाई ४९ रनको लक्ष्य दिएको थियो ।
एपीएफले निर्धारित लक्ष्य १२ दशमलव ५ ओभरमै पुरा गर्न सफल भयो । म्याच अफ दि विमन एपीएफका सीता राना मगरले हात पारिन् । उनले विजयको लागि २३ अंक जोड्नुका साथै ३ विकेट समेत लिएकी थिइन् ।२० ओभरको खेलमा १९ ओभरमा सबै विकेट गुमाउँदै विराटनगरले ४८ रन बनाएको थियो । टस जितेर पहिले व्याटिङ रोजेको विराटनगरका कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । विराटनगरका लागि काजल श्रेष्ठले ९ रन र रोमा थापाले ६ रन बनाए ।
क्षेत्र नम्बर ८ पोखरा र क्षेत्र नम्बर ५ नेपालगञ्ज विच भएको खेल भने वर्षाको कारण रोकियाे । टस जितेर व्याटिङ रोजेको पोखराले ६ विकेट गुमाउँदै १८ रन बनाएको थियो ।
प्रतियोगिताको संसदीय विकास समितिका अध्यक्ष रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिता अन्तर्गत पोखरामा समूह ए मा परेका क्षेत्र नम्बर १ विराटनगर, क्षेत्र नम्बर ३ काठमाण्डौं, क्षेत्र नम्बर ५ नेपालगञ्ज, क्षेत्र नम्बर ८ पोखरा र सशस्त्र प्रहरीको एपिएफ क्लवबीच भिडन्त हुनेछ ।
समूह बि अन्तर्गतका क्षेत्र नम्बर २ वीरगञ्ज, क्षेत्र नम्बर ४ भैरहवा, क्षेत्र नम्बर ६ बैतडी, क्षेत्र नम्बर ७ जनकपुर र क्षेत्र नम्बर ९ कञ्चनपुरका विच चितवनमा खेल हुँदैछ ।
क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नम्बर ८, पोखराले आयोजना गरेको प्रतियोगिता असार २ गतेसम्म चल्नेछ । पोखरामा दोस्रो खेल क्षेत्र नम्बर ५ नेपालगञ्ज र क्षेत्र नम्बर ८ पोखराबीच हुनेछ ।
प्रकाशित मिति २०७२ जेठ २८ गते बिहीवार
Comment Here!