शान्ता चौधरी कक्षा ८


प्रकाशित मिति :2015-06-11 10:34:44

देविका घर्ती मगर

गएको मङ्गलबार दाङको डाडागाउँ गोग्लीमामा उच्च माविको कक्षा ८ मा एक ‘भिआईपी’ विद्यार्थी भर्ना भएको घटना देश विदेशमा समाचारको बिषय बन्यो । स्कुलका एकजना शिक्षक भन्छन्, ‘पूर्व सभासद कक्षा ८ मा भर्ना भएपछि स्कुलको रौनक नै फेरिएको छ ।’

first

दाङ, जेठ २८ । २०७२ जेठ २६ गते दाङको लक्ष्मीपुर स्थित उच्च माविमा एक जना भिआइपी विद्यार्थी भर्ना हुन आइन् । लक्ष्मीपुर गाविस–४ डाडागाउँकी शान्ता चौधरी । उमेरले ३५ वर्षकी । कक्षा ८ मा भर्ना हुन उनले प्रवेश परिक्षा दिइन् र पास भएपछि ११ सय रुपैयाँ शुल्क बुझाइन् । उनले भनिन ‘यसअघि ६ महिने प्रौढ शिक्षा मात्रै पढेकी हुँ, औपचारिक शिक्षा पढ्ने इच्छा पहिलेदेखी नै थियो । त्यसैले विद्यालयमै भर्ना भएर पढाई शुरु गरेँ ।’

pic

कक्षा ८ की यी विद्यार्थी तिनै शान्ता हुन, जो २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट समानुपातिक सभासद थिइन् । त्यति मात्रै होइन संसदको प्राकृतिक साधन तथा स्रोत समितिकी सभापति भएर राष्ट्रिय महत्वका धेरै निर्णयहरू गरेकी थिइन् । पढ्न उमेरले छेक्दैन भनेर आफू अहिले आफ्ना छोराछोरी उमेरका विद्यार्थीसँग भएपनि पढ्न तयार भएको शान्ताले बताइन् ।

१८ वर्ष कमलरी

यो उमेरमा आएर उनी किन कक्षा ८ भर्ना भइन ? यो थाहा पाउन उनको विगत थाहा नपाइ हुन्न । १८ वर्षे कमलरी जीवनबाट मुक्ति पाएर भूमीहिनहरूको आन्दोलनमा होमिएकी शान्ताले आर्थिक अभावका कारण विगतमा पढ्न पाइनन् । ‘मैले यो रहरमात्र भन्दापनि मनदेखी नै पढाईको महत्व बुझेकाले पढ्न आएकी हुँ ’ पुर्व सभासद शान्ताले भनिन्, ‘म सभासद हुँदा यस्ता भाँडा माझ्दा माझ्दै आएका सभासद भनेर धेरैले हेपे । त्यसपछि मलाई लाग्यो पढाई जरुरी रहेछ । त्यसैले अहिले स्कुल पढ्ने उमेर ढल्केपनि पढाई शुरु गरेकी हुँ ।’

Edited 1

हामी २७ जेठ दिउँसो उमावि डाडागाउँ गोग्लीमामा शान्तालाई भेट्न जाँदा शिक्षक शालिकराम केसीले पाँचौ पिरियडको पेशा, व्यवसाय तथा प्रविधि शिक्षा पढाईरहेका थिए । कक्षाको छात्रा बस्ने तिर पाँचौ बेञ्चमा स–साना नानीहरूको बिचमा बसेकी शान्ता हामी कक्षा कोठामा पुग्दा मुस्कुराईरहेकी थिइन् । ‘पढ्न उमेरले छेक्दैन र इच्छा शक्ति भएमा लाज मान्नुपर्दैन भनेरै यहाँ आएकी हुँ । ऐले त यहाँ विद्यार्थी हाँसीरहेका छन् । मलाई घेर्न आउँछन् । आज भर्खर २ दिन भएको छ । पछि बिस्तारै बानी पर्लान् नी’ उनले भनिन्, सहपाठी साथीहरू मेरा छोराछोरी उमेरका छन् ।

Edited 3

पढ्न आउँछु भन्दा शुरुमा सरहरू पनि हाँस्नुभएको थियो । तपाईले साँच्चै भन्नुभएको हो की ठट्टा गर्नुभएको हो, भन्नुभयो । अहिले चै पढ्नुस पढेमा जानिन्छ भन्नुभएको छ ।’ कक्षाकोठामा शान्ताको वरपर बसेका अञ्जली योगी (१२) र इश्वरी डाँगी (१४) ले आमा समानकी यी विद्यार्थीसँंग पढ्न पाउँदा खुसी लागेको र सक्दो सहयोग गर्ने बताए । सभासद हुँदा लुँगी (थारु जातिको पोशाक) लगाएर संविधानसभा हल छिरेकी शान्ताले २ वर्ष पहिले घरमा आफैले पढेर आफ्नै जीवनीमा आधारित ‘कमलरी देखी सभासदसम्म’ पुस्तक लेखिन् ।
e23

अँगे्रजी भाषा पनि केही सिकेकी शान्ताले मुख्यतः पढ्न चाहेमा केही कुराले छेक्दैन र आफूलाई हेरेर पढ्न चाहेर पनि विद्यालय आउन नसकेका दिदिबहिनी दाजुभाईले पनि पढाई शुरु गरुन् भन्ने उद्देश्यले स्कुल जान थालेको बताइन् । आफ्नो विद्यालयमा पहिले शान्ता पढ्न आउछु भन्दा ठट्टा जस्तो लागेपनि अहिले पढ्न आउँदा भने यो कुराबाट अरुले पनि पे्ररणा लिन सक्ने आधार रहेको कक्षा ८ का कक्षा शिक्षक तथा विज्ञान शिक्षक हुमबहादुर रानाले बताए । विद्यालयका अर्का शिक्षक चन्द्रप्रकाश खनालले सभासद समेत भैसकेका ब्यक्ति विद्यालयमा कक्षा ८ मा पढ्न आउँदा विद्यालयको रौनक नै फेरिएको बताए ।

Edited 4

१८ वर्ष कमलरी बसेकी शान्ताका कक्षा ९ मा पढ्ने १७ वर्षीय छोरा अनिल र कक्षा ७ मा पढ्ने १४ वर्षीया छोरी बिनु छन् । छोरासँगै पढेर सँगै एसएलसी परिक्षा दिने सोच भएपनि व्यस्तताका कारण एक वर्ष पहिले स्कुल भर्ना नसकेको उनले बताइन् ।

eee7

ee6

प्रकाशित मिति : २०७२ जेठ २८ गते विहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: