सामूहिक बलात्कार गर्ने थप ३ पक्राउ


प्रकाशित मिति :2015-06-11 15:52:01

रमला सिंगक

धरान, जेठ २८ । किशोरी बलात्कारमा संलग्न नौजना मध्ये थप ३ जनालाई आज धरानका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ। स्थानीय स्कूलमा कक्षा नौ अध्ययरत धरानकी एक १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने नौजना मध्ये चारदिन पछि थप ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा धनकुटाको बेलहारका १७ वर्षीय विकेश राई, भोजपुरको भैंसेपंखा बस्ने २० वर्षीय विपिन राई, धरान बाझगरा बस्ने १८ वर्षीय आकाश लिम्बु रहेका छन्। यसअघि प्रहरीले धरानका २३ वर्षीय समिर राई, १८ वर्षीय प्रीतेश लिम्बु र २२ वर्षीय विटु राईलाई धरान रेल्वेबाट पक्राउ गरेको थियो।

बलात्कारमा संलग्न ३ जनाको पहिचान भएपनि हाल फरार रहेकाले उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक मिलन भट्टराईले बताउनुभयो। पीडित किशोरीको लिखित उजुरीको आधारमा ती युवालाई पक्राउ गरिएको हो।

चारदिनअघि छिमेकी दिदीदाइसँग नजिकै रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खुला चौरमा निस्केकी उनलाई नौजनाले अपहरण गरी जङ्गलमा पुर्‍याएर सामूहिक बलात्कार गरेका थिए।

प्रहरी निरिक्षक भट्टराइले पक्राउ परेका छजनाले आरोप स्वीकारेकाले आवश्यक कारवाहीका लागि म्याद थप गरेर जवर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो। बलात्कारमा संलग्न ती व्यक्ति पहिले देखिनै लागुपदार्थ प्रयोगकर्ता, चोरी र लुटपाटमा संलग्न रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार १६ वर्ष मुनिका किशोरीलाई बलात्कार गर्नेलाई १० वर्षसम्मको कैद सजाय हुनसक्छ। तर महिला अधिकारकर्मीले बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई कडा सजाय दिनका लागि कानूनमा पुनरावलोकन गर्नुपर्ने माग गरेका छन् । सर्वस्वहरणसहित आजिवन कारावास वा मृत्युदण्ड दिनुपर्ने र पीडितलाई बलात्कारीले पाउने पैतृक सम्पत्ति क्षतिपुर्तिका लागि उपलव्ध गराउनुपर्ने माग उनीहरूको छ।

प्रकाशित मितिः २०७२ जेठ २८ गते बिहीवार

याे पनि पढ्नुस

फलोअप समाचारःसामूहिक बलात्कार गर्ने तीनजना पक्राउ

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: