महिला खबर
काठमाडाै,जेठ २८ । नारी समूह लेवनानले घरेलु कामदारको रुपमा लेवनान पुगेका महिलाको सुरक्षाकाे माग गर्दै आज श्रम तथा रोजगार मन्त्री टेकबहादुर तामाङलाई ज्ञापन पत्र बुझाएको छ ।
समूहले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ‘लामो समयदेखि लेवनानमा घरेलु कामदारका रुपमा गएका नेपाली महिलालाई गैरकानुनी रुपमा मानसिक तनाव दिने, यौन दुर्व्यवहार गर्ने, समयमा तलव नदिने, गाली गलौज गर्ने र कामदार महिलालाई बलात्कार गर्ने जस्ता जघन्य अपराध भैरहेका छन् । यसलाई रोक्न राज्यले पहल गर्नुपर्दछ । ’
लेवनानमा गएका कामदारको जिवन विमा, बेपत्ता भएकाको खोजी र मृत्यु भएकाहरूको शव घरसम्म पुर्याउने व्यवस्था मिलाउन र अन्तर्देशीय श्रम स्वीकृति दिलाउने वातावरण मिलाउन आग्रह गरेको समूहका कोषाध्यक्ष लक्ष्मी क्षेत्रीले जानकारी दिनुभयो ।
समूहका अध्यक्ष शुशिला रानाको नेतृत्वमा गएको एक टोलीले श्रम तथा रोजगार मन्त्री तामाङलाई ज्ञापनपत्र बुझाएको हाे ।
प्रकाशित मितिः २०७२ जेठ २८ गते बिहीवार
Comment Here!