प्रधानमन्त्री कप महिला क्रिकेट जारी


काठमाडौं र एपीएफ विजयी

प्रकाशित मिति :2015-06-12 10:26:47

महिला खबर

पोखरा,जेठ २९ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीवार भएको खेलमा काठमाडौं र एपिएफ विजयी भएका छन् ।

क्षेत्र नम्बर ३ काठमाडौंले क्षेत्र नम्बर ८ पोखरालाई ९ विकेटले हराउँदै २ अंक जोडेको छ भने एपिएफले क्षेत्र नम्बर ५ नेपालगञ्जलाई १३ रनले हराउँदै २ अंक जोडन् सफल भएको छ । एपीएफको प्लेयर अफ दी म्याच घोषित सरिता राना मगरले १४ रनको योगदान दिएकी छन् । एपीएफले २० ओभरमा ६ विकेटको क्षतिमा ८७ रनको योगफल तयार पारेको थियो । ८८ रनको लक्ष्य पाएको नेपालगञ्जले १९ ओभरमा ७ विकेटको क्षतिमा ६९ रनमै समेटिँदा अङ्क गुमाएको हो ।

त्यसै गरी विहीवार भएको पहिलो खेलमा क्षेत्र नम्बर ३ काठमाडौंले आयोजक क्षेत्र नम्बर ८ पोखरालाई ९ विकेटले पराजित गरेको थियो । वर्षाको कारण खेल मैदान चिसो भएपछि २० ओभरको खेल १० ओभरमा खेलाइएको थियो । पहिला व्याटिङमा उत्रिएको पोखराले १० ओभरमा ८ विकेट गुमाउँदै २४ रन जोडेको थियो । २५ रनको झिनो लक्ष्य पाएको काठमाडौंले ५ ओभरमा १ विकेटको क्षेतिमा २७ रन जोडदै जित दर्ता गरेको हो ।

खेलमा काठमाडौंकी सन्ध्या उप्रेती प्लेयर अफ दी म्याच घोषित भईन । उनले ३ विकेट लिएकी थिइन् । काठमाडाैंले २ अङ्क जोड्दा दुई खेल खेलेको पोखरा भने अङ्कविहिन छ । आजको पहिलो खेल शसस्त्र प्रहरीको एपीएफ र पोखरा, दोस्रो खेल काठमाडौं र क्षेत्र नम्बर १ विराटनगर विच हुनेछ ।

प्रकाशित मितिः २०७२ जेठ २९ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: