अंशबिनै सम्बन्ध विच्छेद


प्रकाशित मिति :2015-06-14 13:25:11

महिला खबर

नेपालगन्ज, जेठ ३१ । बाँकेमा अंशविनै सम्बन्ध विच्छेद गर्ने महिलाको संख्या बढेको छ । अंश सहित सम्बन्ध विच्छेद गर्दा झन्झटिलो र लामो प्रक्रिया हुने भएकाले अहिले अंशविनै महिला सम्बन्ध विच्छेद गर्न थालेका छन् ।
करिब १७ देखि २५ वर्ष उमेर समूहका महिलाले अंशबिना सम्बन्धविच्छेद लिइरहेको जिल्ला अदालत बाँकेको तथ्यांकले देखाएको छ ।

जिल्ला अदालत बाँकेमा परेका देवानी मुद्दाहरूमा सबैभन्दा बढी ३ सय १४ वटा सम्बन्ध विच्छेदका मुद्दा छन् । अधिकांश यस्ता मुद्दा श्रीमान विदेश गएपछि सम्बन्ध विग्रेर सम्बन्ध विच्छेदका लागि आउने गरेको जिल्ला अदालत बाँकेका न्यायाधीश अम्बरराज पौडेलले जानकारी दिनुभयो । ‘यस्ता खालका सम्बन्ध विच्छेदका मुद्दा मेलमिलापको माध्यमबाट फैसला गर्ने गरेका छौँ —उहाँले भन्नुभयो ‘केही मुद्दा श्रीमानसँग बस्नै नसक्ने अवस्था भएपछि अंश विना सम्बन्ध विच्छेद गरी पाउँ भनि पर्ने गरेका छन् ।’

निरन्तर सुनुवाई मार्फत यस्ता खालका मुद्दाको छिनोफानो भइरहेको जिलला अदालतले जनाएको छ ।

न्यायधिस पौडेलका अनुसार अंश सहित सम्बन्धविच्छेद गर्दा कम्तीमा १ वर्ष लाग्ने भएपछि महिलाले सम्बन्धविच्छेद मात्र गरी पाउँ भनि मुद्दा दायर गर्ने गरेका छन् ।

बाँके जिल्ला अदालतमा बढी मात्रामा लागू औषध सम्बन्धीका मुद्दा र सम्बन्धविच्छेदका मुद्दाहरू आउने गरेका छन् । लागू औषधको ट्रान्जिट प्वाइन्ट भएकाले समेत बढी मुद्दाहरू पर्नेगरेको छ । पछिल्लो समयमा निरन्तर सुनुवाईको क्रममा सरकारी पक्षको असहयोगकाकारण केही मुद्दा फर्छैयोट हुन ढिलाई भइरहेको अदालतले जनाएको छ ।
जिल्ला अदालत बाँकेमा अहिले १ हजार ४ सय ७७ मुद्दा फर्छैयोट हुन बाँकी छन् । गत आर्थिक वर्ष २०७०/०७१ बाट जिम्मेवारी सरी १ हजार ६ सय २५ मुद्दा र नयाँ १ हजार ८ सय ६१ गरी चालु आर्थिक वर्षको हालसम्म ३ हजार ४ सय ८६ मुद्दा दर्ता भएका थिए । जसमध्ये चालु आर्थिक वर्षको हालसम्ममा २ हजार ९ वटा मुद्दा फर्छैयोट भइसकेका छन् ।

प्रकाशित मितिः २०७२ जेठ ३१ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: