दाइजो प्रथा रोक्न कानुन कडा हुनुपर्ने सभासदको माग


प्रकाशित मिति :2015-06-14 15:40:22

महिला खबर

ललितपुर,जेठ ३१। दाईजोबाट हुने महिला हिंसा कम गर्न दाईजो सम्बन्धी कानुन नै कडा हुनुपर्ने सभासद् महिलाले बताएका छन्। नेपाल मधेश फाउण्डेशनले आयोजना गरेको दाइजो प्रथासम्बन्धी छलफल कार्यक्रममा सहभागी सभासदले यस्तो बताएका हुन्।

नेकपा एमाले मोरङका सभासद् मीना देवी यादव, एमाओवादी धनुषा सभासद् प्रतिक्षा तिवारी मुखिया र एनेकपा (माओवादी) महोत्तरी सभासद निशा कुमारी साहले दाइजो सम्बन्धी कानुन फितलो भएको र भएको कानुन पनि कार्यान्वयनमा नआएकाले समस्या झन बढ्दै गएको बताए।

उनीहरूले अहिले भएको दाइजो सम्बन्धी ऐन खारेज गरेर नयाँ कानुन ल्याउनुपर्नेमा जोड दिए। छोरीलाई शिक्षा अनिवार्य गर्नुपर्ने बताउँदै उनीहरूले छोरालाई जति पढायो त्यति दाइजो लिने परम्परालाई कानुनबाटै रोक्न कडाई गर्नुपर्ने बताए।

मधेशमा मात्र बढी रहेको दाइजो प्रथा अहिले हिमाल पहाड सबैतिर भएकाले यसलाई रोक्न कडा कानुन नै चाहिनेमा उनीहरूले जोड दिए।

छलफल कार्यक्रममा दाइजो सम्बन्धी अनुसन्धान गरिरहेकी रिता साहले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। साहले प्रस्तुत गरेको कार्यपत्रमा दाईजोका कारण सन् २०१२ मा हिमालमा एक, पहाडमा एक र तराईमा १० वटा हिंसा भएका छन् भने २०१३ मा पहाडमा १२ र तराईमा २४ वटा हिंसा भएको उल्लेख छ।

कार्यपत्रका अनुसार दाइजोका कारण २०१२ मा धनुषामा एक, पर्सामा तीन, रौतहटमा एक गरी पाँच वटा हत्या भएको छ भने २०१३ मा सुनसरीमा एक, धनुषामा दुई, रौतहटमा एक, बाँकेमा एक गरी ५ वटा हत्या भएको छ। दाइजोसम्बन्धी कानुन पनि बाझिएकाले यससम्बन्धी हिंसा न्युनिकरण गर्न ऐन कानुनमा सुधार गर्नुपर्ने सुझाव कार्यपत्र दिइएको छ।

प्रकाशित मितिः २०७२ जेठ ३१ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: