पहिरोमा पुरिएका बालकको १२ घण्टापछि उद्धार
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै
रमला सिंगक
धरान, जेठ ३२ । पहिरोमा पुरिएको १२ घण्टा पछि जिवितै उद्धार गरिएका संखुवासभाको पाथिभरा थाप्राङका ८ वर्षीय सुवास तामाङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ।
गत शुक्रवार गएको पहिरोमा परी उनकी आमा ३० वर्षीया सुखमाया तामाङको मृत्यु भएको छ। उनका ३ वर्षीय भाई सुनिल अझै वेपत्ता भएको संखुवासभाका प्रहरी नायव उपरिक्षक कमल थापाले जानकारी दिनुभयो। पहिरो गएको दिन घाइते बालकका बाबु खाँदबारी बजार आएका थिए।
उद्धार गरेर हेलिकोप्टरबाट खाँदवारी ल्याएपछि जिल्ला अस्पतालमा उपचार हुन नसकेकाले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको हो। उनको शरीर र टाउकोमा गम्भीर चोट लागेको छ।
यसैवीच गत २७ गते गएको ताप्लेजुङको खोक्लिङमा गएको पहिरोमा परि घाइते भएपछि उद्धार गरेर उपचारका लागि दुईदिन अघि प्रतिष्ठानमा ल्याइएका ९ वर्षीय पुजन लिम्बु डिस्चार्ज भएका छन् ।
प्रकाशित मितिः २०७२ जेठ ३२ गते साेमवार
Comment Here!