महिला खबर
काठमाडौं जेठ ३२। नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको पाँचौ वैठकले श्रमजीवी पत्रकारको हालको न्यूनतम पारिश्रमिकलाई पुनरावलोकन गरि २० हजार रुपैयाँ पुर्याउन माग गरेका छ। महासंघको शनिबार सिन्धुपाल्चोकको चौतारामा बसेको बैठकले यस्तो माग गरेको हो।
श्रमजीवी पत्रकार ऐनका अन्य व्यवस्थाको कार्यान्वयन र प्रत्येक वर्ष मुद्रस्फिति दर अनुसार स्वतः मिलान हुने प्रावधानसहित यसलाई टुंगो लगाउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ । सरोकारवाला पक्षसँगको वार्ताका आधारमा वृद्धि अंकको टुंगो लगाउने जिम्मेवारी सचिवालयलाई दिने निर्णय समेत बैठकले गरेको छ ।
वैठकले हिमालय टेलिभिजन र एभिन्युज टेलिभिजनमा उत्पन्न श्रम समस्या तुरुन्तै समाधान गर्न सम्वन्धित सञ्चार प्रतिष्ठानको व्यवस्थापनलाई आह्वान गर्ने र नगरे संघर्षका कार्यक्रममा महासंघ केन्द्रीय समिति समेत प्रत्यक्ष सहभागी हुने निर्णय गरेको छ।
श्रमजीवी पत्रकार ऐन कार्यान्वयनलाई थप प्रभावकारी बनाउन नयाँ चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको महासंघका महासचिव उजिर मगरद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
बैठकले भूकम्पबाट अति प्रभावित जिल्लालगायत देशभरका पत्रकारकोे जनधनको क्षतिको विवरणका आधारमा अति प्रभावित, प्रभावित र अन्य क्षेत्र गरी तीन भागमा वर्गीकरण गरी पुननिर्माणमा सहयोगी भूमिका निर्वाह गर्ने निर्णय गरेको विज्ञप्तीमा जनाईएको छ।
प्रकाशित मितिः २०७२ जेठ ३२ गते साेमवार
Comment Here!