प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट जारी
एपीएफ, विराटनगर, जनकपुर र धनगढी सेमीफाइनलमा
महिला खबर
पोखरा, जेठ ३२। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ, क्षेत्र नम्बर १ विराटनगर, क्षेत्र नम्बर ७ जनकपुर र क्षेत्र नम्बर ९ धनगढी सेमीफाइनलमा प्रवेश गरेका छन्।
पोखरामा भएको समूह ‘ए’ को खेलबाट एपीएफ शनिवार नै सेफिफाइनलमा प्रवेश गरेपनि क्षेत्र नम्बर १ विराटनगरले आईतबार पोखरालाई हराउँदै सेमिफाइनलमा पुगेको हो।चार खेल खेलेको एपीएफले ३ वटामा जित र एकमा बराबरी खेल्दै ७ अंक जोडेर समूह ‘ए’ को बिजेता बन्यो। समान खेल खेलेको विराटनगर २ वटा खेलमा जित र २ मा हारसहित ४ अंक जोड्दै समूह उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको हो।
पोखरामा आईतबार भएको पहिलो खेलमा नेपालगञ्जले काठमाडौंलाई ७ विकेटले हरायो। अर्को खेलमा क्षेत्रनम्बर १ विराटनगरले क्षेत्रनम्बर ८ पोखरालाई १ सय ६१ रनले हराएको छ।
चितवनमा चार खेल खेलेको जनकपुर सबै खेल जित्दै ८ अंकका साथ समूह ‘बी’ को विजेता बन्यो भने समान खेल खेलेको धनगढी २ मा जित, एकमा बराबरी र एक खेलमा हारसहित ५ अंकले समूह ‘बी’ को उपबिजेता बन्दै सेमीफाइनल प्रवेश गरेको हो।
आईतबारै भएको खेलमा क्षेत्र नम्बर ६ बैतडीले क्षेत्र नम्बर ४ भैरहवालाई ४८ रनले पराजित गर्यो भने क्षेत्र नम्बर २ वीरगञ्ज र क्षेत्र नम्बर ९ धनगढीबीच हुने भनिएको खेल वर्षाका कारण अवरुद्ध भएपछि अंक बाँडे।
प्रतियोगिता अन्तर्गत असार १ गतेदेखि सेमीफाइनल शुरु हुनेछ। असार १ गते मङ्गगलवार पहिलो सेमीफाइनल शसस्त्र प्रहरीको एपीएफ र धनगढी र दोस्रो खेल विराजनगर जनकपुरबीच हुनेछ।
प्रकाशित मितिः २०७२ जेठ ३२ गते साेमवार
Comment Here!