छात्रालाई महिनावारी स्वास्थ्य शिक्षा


प्रकाशित मिति :2015-06-15 14:44:14

महिला खबर
peroidगुल्मी, जेठ ३२। महिनावारीका वेला छात्रालाई पर्ने समस्यालाई लक्षित गरेर गुल्मीका केही विद्यालयमा महिनावारी स्वास्थ्य सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ। जिल्ला विकास समिति गुल्मी र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाको आर्थिक सहयोग र सेवा सञ्चार गुल्मी र बास गुल्मी शाखाको आयोजनामा गुल्मीको तुराङ्ग गाविसमा रहेको ज्ञानोदय उच्च माध्यामिक बिद्यालयमा कार्यक्रम आयोजना गरिएको हो ।

यसअघि पहिलो चरण अर्न्तगत गुल्मीका ५ वटा विद्यालयमा यस्तो कार्यक्रम सञ्चालन गरिसकिएको छ । कार्यक्रममा कक्षा ८, ९ र १० का छात्रालाई महिनावारी स्वास्थ्य सुरक्षा र प्रयोग गर्ने सामग्रीको बारेमा जानकारी दिइएको थियो।

कार्यक्रममा छात्राले खुलेर आफूहरूलाई महिनावारीका वेला आइपरेका समस्या राखेका थिए। उनीहरूले महिनावारीका बेला सुरक्षित सामग्री नपाउँदा विद्यालयबाट भागेर घर जानुपर्ने बाध्यता भएको बताए ।

कार्यक्रममा सेवा सञ्चार गुल्मीले १०० प्याकेट सेनेटरी प्याड र २ वटा बाल्टिन विद्यालयलाई उपलब्ध गराएको थियो। यो कार्यक्रमले विद्यालयलाई महिनावारीका लागि सुरक्षित सामग्री युक्त कार्यालय बनाउन सहयोग गर्ने सेवा सञ्चारकी अध्यक्ष गङ्गा खड्काले बताउनुभयो। यसअघि जिल्ला प्रहरी कार्यालय गुल्मी महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त कार्यालय भैसकेको छ।

प्रकाशित मितिः२०७२ जेठ ३२ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: