महिला खवर
कपिलवस्तु, जेठ ३२ । आफ्नै दिदीबाट बेचिएकी एक बालिकालाई शान्ति पुनःस्थापना गृह कृष्णनगर कपिलवस्तुले चार वर्षपछि उद्धार गरेको छ। नुवाकोटको खड्का भञ्ज्याङबाट चार वर्ष अघि हराएकी ११ वर्षीया ती बालिकालाई भारत इलाहावादको मिरगन्जबाट उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका संयोजक भूमीराज भट्टराईले जानकारी दिनुभयो।
उद्धार गरिएकी ती बालिकाले आफ्नै दिदी चितवन जिरौना बस्ने कुइँटी तामाङबाट ३० हजार भारतीय रूपैयाँमा बेचिएको बताइन्। इलाहावाद मेला घुम्न जाने भन्दै नुवाकोटबाट इलाहावाद पुर्याइएकी ती बालिकाले दिदीलाई कडा जेल सजाय हुनुपर्ने माग गरेकी छिन्।
उनकी दिदी कुइँटी तामाङलाई अहिले जिल्ला अदालत कपिलवस्तुमा मानव बेचबिखन तथा ओसारपसारको आरोपमा मुद्दा चलेको छ। जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप भएपछि आरोपित तामाङ अहिले कृष्णनगर प्रहरीको नियन्त्रणमा छिन्।
प्रकाशित मितिः २०७२ जेठ ३२ गते साेमवार
Comment Here!