महिला खबर
काठमाडौं,असार १ । राष्ट्रिय खेलकुद परिषदको इतिहासमा पहिलो पटक निमित्त सदस्य सचिव पदमा महिलालाई नियुक्त गरिएको छ ।
परिषदको ६६ बर्षको इतिहासमा निमित्त सदस्य सचिवमा सकुन्तला नगरकोटीलाई नियुक्त हुन भएकाे छ । युवा तथा खेलकुद मन्त्रालयले नगरकोटीलाई सोमवार निमित्त सदस्य सचिव नियुक्त गरेको हो ।
नगरकोटी ३ महिना अघि उपाध्यक्ष टेण्डी शेर्पासंगै मन्त्रिपरिषदको निर्णय अनुसार सदस्य नियुक्त हुनु भएको थियो । निवर्तमान सदस्य सचिव युवराज लामाको ४ बर्षे कार्यकाल पुरा भएपछि सदस्य सचिवको पद खाली रहेकाे थियो ।
प्रकाशित मिति : २०७२ असार १ गते मंगलवार
Comment Here!