सामाजिक रुपान्तरणमा रेडियोको भूमिका महत्वपूर्ण : शर्मा


प्रकाशित मिति :2015-06-16 13:47:23

?????????????पोखरा, असार १ । सञ्चारिका समूह नेपालका अध्यक्ष निर्मला शर्माले  रेडियोले महिलालगायत सिमान्तकृत समुदायका  आवाजलाई सशक्त बनाउन   महत्वपूर्ण  भुमिका निभाइरहेको  बताउनुभएको छ। रेडियो जननी स्तरोन्नती कार्यक्रमका प्रमुख अतिथि शर्माले पछिल्लो समय  सामाजिक रुपान्तरणमा रेडियो र यहाँ कार्यरत महिला संचारकर्मीले खेलेको भुमिका विशेष रहेको बताउनुभयो ।

महिलाद्वारा सञ्चालित र महिलामात्रै कार्यरत रेडियो जननीको स्तरोन्नतीले न्यायिक र समानताको पक्षमा महत्वपूर्ण भूमिका खेल्ने शर्माले बताउनुभयो । उहाँले सर्वसुलभ र सहज पहुँचका कारण आम नागरिक माझ रेडियो लोकप्रिय बन्दै गएको बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि वानका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले उद्यमशिलता समानता र स्वतन्त्रताको आवाजसँगै गुञ्जिरहेको रेडियो जननीले  अझै दविएका आवाज खोतल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, पत्रकार महासंघ केन्द्रीय सदस्य सुष्मा पौडेल, वरिष्ठ पत्रकार नारायण कार्की, रेडियो अन्नपूर्णका कार्यकारी निर्देशक दिपेन्द्र श्रेष्ठ, महिला मानव अधिकार संजालका सरला कुमारी पाण्डे, अधिवक्ता जुना कुमारी गुरुङ, महिला उद्यमी गंगा कुवँर र सत्याग्रह संघर्ष समिति पोखरा सचिव पुष्पा राणालगायतले महिला उद्यमीद्वारा सञ्चालित रेडियोले छोटो समयमा सबैको मन जित्न सफल भएको बताउनुभयो ।

जननीका अध्यक्ष एवं महिला उद्यमी हिरा  भट्टराईले विभिन्न चुनौतीका बावजुद पनि रेडियो निरन्तर अगाडि बढेर सेवा विस्तार गर्न सफल भएको बताउनुभयो ।

उहाँले आगामी दिनमा अझै महिला तथा बालबालिका र पछाडि पारिएको आवाजलाई प्राथमिकता दिँदै समुन्नत समाज निर्माणमा सहयोग पुग्ने कार्यक्रम प्रसारण गर्ने बचन दिनुभयो ।

रेडियोका स्टेशन म्यानेजर विमला भण्डारीले महिलाद्वारा सञ्चालित र महिलामात्रै कार्यरत रेडियोले महिला सशक्तिकरण सँगै महिला हिंसा न्यूनिकरणमा महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनुभयो ।

प्रकाशित मिति: २०७२ असार १ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: