महिला बेच्ने नै झण्डै बेचिएनन्


प्रकाशित मिति :2015-06-16 14:15:55

साधना विश्वकर्मा

yyyyyyyy11काठमाडौं, १ असार । रुखु देउलाको माईती घर काभ्रे लाप्चा हो । वैशाख १२ गतेको महाभूकम्पले उनको माइती घर भत्काएपछि उनी वुवाआमा सँगै काठमाडौंको हनुमान ढोकामा भाडाको घरमा बस्न थालिन्  ।

आफूले खोजेजस्तो काम नभेट्टाएपनि साँझ विहानको छाक टार्न मजदुरी गर्न थालिन् । यस्तैमा उनकी मिल्ने साथी रोहिताले उनलाई राम्रो र  धेरै पैसा पाइने काम गर्न भारतको पञ्जाव जाउँ भनिन् ।  उनले घरमा वुवाआमासँग कुरा गरिन् ।  उहाँहरू पनि खुसी हुनुभयो । वुवा आमासँग विदा भएर उनी कञ्चनपुर पुगिन् । पछि कञ्चनपुरको गड्डाचौकीमा प्रहरीले जाँच गर्दा  उनी बेचिन लागेको कुरा थाहा पायो ।

‘पुरुषले महिला बेच्छन् भन्ने त सुनेकी थिएँ तर महिलाले महिला बेच्छन् भन्ने कहिल्यै सोचेकी पनि थिएन । आज आफ्नै साथीको फन्दामा परि बेचिन लाग्दा वल्ल थाहा पाएँ । महिला हिंसाको पीडक पुरुषमात्र नभएर स्वंय महिला पनि हुँदा रहेछन् । धन्न बाँचे । नयाँ जीवन पाएजस्तो लाग्यो,” उनले भनिन् ।

रुखुका  अभिभावकले उनी १४ वर्ष हुँदा  उनको बिहे गरिदिए । त्यतिबेला उनलाई परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्नुपर्छ भन्ने होस भएन । उनी कलिकैमा गर्भवती भइन् । उनले पहिले जस्तो काम गर्न सक्न छाडिन् । यसले गर्दा उनलाई परिवारले  नराम्रो व्यवहार गर्न थाल्यो । उनलाई लोग्नेको होइन अरुको  पेट बोकी भनेर सासुले घरबाट निकालिदिइन् ।
घरबाट निकालिएपछि माईत गइन् ।  पछि सुत्केरी भएर अस्पतालमा भर्ना भएपछि उनका श्रीमान भेट्न आए ।  अस्पतालबाट उनलाई घरमा लिएर गए । ‘अब त श्रीमानको मन फर्किएछ भन्ने लागेको थियो तर घर गएको केहि समयपछि फेरी उनले कुटपिट गर्न थाले,’ उनले भनिन् ।

उनका  गाला र खुट्टामा टाटैटाटा छन् । कुटाइ खपीनसक्नु भएपछि उनी छोरा लिएर फेरि माईतमा गइन् । माईत गएपनि उनको मनमा शान्ति भएन । परिवारवाट अपहेलित भएकी महिलाले समाजमा हेपिनुप¥यो । मानिसले उनको अनेकथरीले कुुरा काट्न थाले  । कतिले त उनका बच्चालाई विना बाउको छोरा भनेर हेप्न थाले ।

‘यसो भएपछि मैले त्यो पीडा सहन सकिनँ ।  त्यसैले मैले दुई महिनाको बच्चालाई घरमा लगेर छोडिदिएँ । बच्चा घरमा छोडेपछि समाजको कुरा काट्ने मुख वन्द भएपनि छोराको नियास्रो लागिरहन्थ्यो । पछि वानी पर्दै गयो ।

रसुवाकी १७ वर्षीया सिसिम देउवला पनि झण्डै बेचिएकी थिइन् । उनलाई नाच्न असाध्यै मन पथ्र्याे । साथीले पञ्जावको डान्सबारमा नाच्न जाउँ भनिन् ।—‘घरमा सोध्यो भने  आमाबवुबाले जान दिँदैनन  भन्ने लागेपछि उनी कसैलाई पनि थाहा नदिइ भागिन् । गाडीमा चढ्ने वेलामा आमालाई फोन गरेर आपूm पञ्जाव  जान लागेको बताइन् । आमाले पञ्जाव नजा भनेपनि  उनले टेरिनन् । यिनलाई पनि रुखुलाई फकाउने रोहिताले नै फकाएर लगेकी थिइन् । प्रहरीले उनलाई रुखुसँगै उद्धार गरेको थियो ।

बेचिनबाट जोगिएकोमा उनी खुसी छन् । अहिले उनलाई अरुको लहैलहैमा लाग्नु हुँदैन भन्ने महसुस भएको छ । उनलाई राम्रो ब्युटिसियन बन्न मन लागेको छ । रुखु र सिसिमलाई फकाउने रोहितालाई पनि  आफु बेचिँदै छु भन्ने थाहा थिएन । ‘बुबा सहरमा फोहोर उठाउने काम गर्नुहुन्छ । उहाँको कमाई घरभाडा तिर्न ठिक्क हुने हुँदा म पनि साहुको घरमा काम गर्न थालेँ । काम अनुसारको ज्याला नपाउँदा  विदेश जान मन लाग्यो । यस बीचमा उनले भारतीयहरूसँग संगत गरिन् । उनीहरूले भारतको डान्सबारमा जाउँ भनेपछि उनी भारत जान र भारत जाने अरु महिला खोज्न पनि तयार भइन् ।

फकाउन सजिलो हुने हुँदा गरिब तथा बेरोजगार महिलालाई फकाएर बेच्ने गरेका छन् दलालले । माईती नेपालकी अनुराधा कोईरालाका अनुसार, सबैले  भुकम्पपीडित बस्तीका बेघरबार परिवारको बसोबासको व्यवस्था गर्न ध्यान नदिएकाले  पनि यस्ता घटना बढेका छन् । भूकम्प गएयता नेपालगञ्ज नाकाबाट भारत तर्फ लैजाँदै गरेका १०७ जना महिलालाई जमुनाह प्रहरीले रोकेको थियो ।

प्रकाशित मिति :२०७२ असार १ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: