हिलारी क्लिण्टनद्वारा राष्ट्रपतीय निर्वाचनको अभियान सुरु


प्रकाशित मिति :2015-06-16 15:18:24

100px-Hillary_Clinton_official_Secretary_of_State_portrait_cropएजेन्सी, असार १ । आउँदो वर्ष हुने अमेरीकाको  राष्ट्रतीय निर्वाचनका लागि हिलारी क्लीण्टनले राष्ट्रपति पदमा औपचारिक उम्मेदवारी घोषणा गरेकी छन् ।

उनले महिनौ लामो  देशव्यापी दौडाहलाई अन्त्य गर्दै अमेरीकाको आगामी राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।

यृ्ट्यृ्बमा  सार्वजनिक  भिडियोमा  पुर्व प्रथम महिला क्लिण्टनले  भनेकी छन्  —‘म राष्ट्रपतीको उम्मेदवारी दिँदैछु, प्रत्येक अमेरीकीलाई एउटा रक्षकको खाँचो छ र म त्यो रक्षक बन्न चाहन्छु ।  जब परिवार बलियो हुन्छ अनि अमेरीका बलियो हुन्छ । त्यसैले  तपाईको भोटका लागि मैले सडकबाट अभियान शुरुवात गर्दैछु, आशा छ तपाईले  मेरो यो यात्रामा  साथ दिनुहुनेछ ।’

उक्त भिडियो गत साता  तयार गरिएको क्लिण्टनको चुनावी अभियानका एक अधिकारीले सीएनएनलाई बताए ।  क्लिण्टनले आफ्नै गृहनगर न्युयोर्कबाट आफ्नो राष्ट्रपतीय निर्वाचनको अभियान  सुरु गरेकी हुन् ।

‘उनले  छिटै नै मतदातासँग प्रत्यक्ष अन्तर्क्रिया  गर्नेछिन्’  क्लिण्टनको आगामी चुनावी अभियानका कार्यक्रमसहित जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।  हिलारी क्लिण्टनले  दोस्रो  पटक राष्ट्रपतीको उम्मेदवारी दिएकी हुन् ।  आठ वर्षसम्म सिनेटर रहेकी उनले सन् २००८ मा पहिलो पटक बाराक ओवामासँग अमेरीकाको राष्ट्रपती पदको प्रतिस्पर्धा गरेकी थिइन् ।

प्रकाशित मितिः २०७२ असार १ गते मङ्गलवार
 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: