नरेन्द्र सापकोटा
हेटौंडा, असार १। बोक्सीको आरोपमा प्राय महिलामाथि मात्रै दुर्व्यवहार हुँदै आएपनि मकवानपुरमा दुई पुरुष बोक्सोको आरोपमा कुटिएका छन्। पूर्वी मकवानपुरको छतिवनमा बोक्सोको आरोपमा बाबुछोरा कुटिएका हुन्।
छतिवन हर्दा कत्लेखोला नयाँबस्ती बस्ने ७० वर्षका मानबहादुर थिङ र उहाँका ४२ वर्षीय छोरा लालबहादुरलाई स्थानीयले सामूहिक कुटपिट गरेका हुन्। स्थानीय एक महिलाको मानसिक स्थिति बिग्रिएपछि थिङ बाबु–छोरालाई बोक्सोको आरोप लगाउँदै स्थानीयले कुटपिट गरेकाे प्रहरीले जनाएकाे छ । कुटपिटपछि थिङ परिवारले प्रहरीमा उजुरी दिएकोे छ।
उजुरीमा सोही स्थानका ४५ वर्षीय बीरबहादुर स्याङतान, ३० वर्षीय भीमबहादुर स्याङतान र रामबहादुर वाइवालगायतको समूहले कुटपिट गरेको उल्लेख छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पीडकलाई कारबाही र न्याय माग गर्दै उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले हात्तिसुँढेको प्रहरी चौकीलाई आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको प्रहरी नायव उपरीक्षक शिशु शर्माले जानकारी दिनुभयो।
प्रकाशित मितिः २०७२ असार १ गते मङ्गलवार
Comment Here!