एउटा पुरुष पत्रकारको बकपत्र


प्रकाशित मिति :2015-06-17 10:30:47

मलाई कतिपयले नारीबादी पनि भन्लान तर आफनी श्रीमतीले गरेको यति महत्वपूर्ण कामको खुलेर प्रशंसा गर्न मलाई असजिलो लाग्दैन ।
मुकेश पोखरेल
mukhesh (2)अढाइ बर्षे छोरी विद्यालयबाट घर फर्कदाँ नजिकै बसबिसौनीमा लिन गएको थिएँ । घरको गेटबाटभित्र नपस्दै छोरीले ‘बाबा मामु खोई’ भन्ने प्रश्न सोधिन । मामु बजार वा कुनै काम विशेषले घर बाहिर गएका वेलामात्रै स्कुलबाट फर्केकी छोरी लिन बसबिसौनीसम्म जानुपर्ने बाध्यता थियो । उनी घरमै हुँदा त्यो काम मैले गर्नुपर्दैन । तर, जब छोरी घर भित्र आउँदा नआउँदै ‘मामु खोई’ भन्छिन् मलाई सँधै अप्ठयारो पर्छ । मामु बजार वा कतै गएको भनेर छोरीलाई भुलाउने प्रयास गर्छू ।

त्यसपछि उनलाई फकाइफुलाई गरेर खाजा खुवाउन मलाई अर्को संघर्ष गर्नुपर्छ । मैले जत्ति फकाई फुलाई गरेपनि उनको मुखबाट ‘मम्मी’ भन्ने शब्द निस्कन छोड्दैन । खाजा, खानाको ब्यवस्था विद्यालयमै हुन्छ तर साँझ आउँदा केही न केही खानेकुरा तयार गरिदिनुपर्छ । म घरमा बसेको दिन विद्यालयबाट आएकी छोरीलाई खाजा बनाएर खुवाउन मुस्किल पर्छ । अनि बल्ल मलाई महसुस हुन्छ, घरमा मेरी श्रीमतीले गरेको कामको महत्व ।

  न म उनले जस्तो चित्त बुझ्ने गरी छोरीलाई खुसी बनाउन सक्छु । न घरको सवै परिपाटी मिलाउन । जुन दिन म घर बस्छु त्यो दिन एउटा न एउटा गल्ती भएकै हुन्छ । अनी लाग्छ कति बेला श्रीमती आएपछि छोरी जिम्मा लगाएर बाहिर निस्कौं । सकेसम्म घरभित्रको कामबाट भाग्नु र पन्छिने नै मेरो उदेश्य हुन्छ ।

‘अरुका श्रीमानले घरको काम गर्न, बच्चाबच्ची हेर्न सहयोग गर्छन् र श्रीमतीले जागिर खान पाएका छन् । एक दिन छोरी हेर्दा यति गाह्रो ।’ श्रीमतीले मलाई प्राय यसो भनिरहन्छिन् । ‘ल तिमी पनि खाउ जागिर । म हेरुला छोरी ।’ कहिलेकाहिँ त यही बनावटी जवाफ दिन्छु । तर, साँच्चै श्रीमतीले जागिर खाएर साँझविहान घरको काम गरि छोरीलाई विद्यालय पठाउन र लिन जानुपरोस त । अहँ म सक्दिन ।

 वाध्यताले जसोतसो म झारा त टारुलाँ तर, श्रीमतीले जसरी उसको हेरचाह गर्ने, उसलाई ज्ञानगुनका कुरा सिकाउने र शिक्षा दिने काम गर्न म सक्दिन । त्यसैले श्रीमतीले जागिरै नखाएपनि मेरो गुनासो छैन अहिले ।

अनि सोच्छु यदी साँच्चै नै श्रीमतीले जागिर खाएको भए मेरो र छोरीको हालत के हुन्थ्यो होला । मेरो विचारमा जागिर रहर र कर्मको विषय भएपनि कदापी यो घरव्यवहार र छोरोछोरीको हेरचाह सँग तुलना हुनै सक्दैन । हो, मेरी श्रीमतीले जागिर खाएको भए आर्थिक रुपमा केही सजिलो हुन्थ्यो । तर उनले जागिर नखाएर मेरा लागि ठुलो जागिर गरिरहेकी छन् ।

यदी त्यो ठाउँमा म भएको भए केही गर्न सक्दिन थिएँ भने मैले के का लागि र कोसँग गुनासो गर्ने ? तर, अहिले गुनासो मेरो उनीसँग होइन उनको मसँग हुन थालेको छ । ‘कहिं फेल नभई लगातार ७० /७० प्रतिशत ल्याएर स्नातकोत्तर पास गरें । अहिले घरमा खुम्चेर बस्नुपरेको छ । अब बस्दिन । छोरी अढाई वर्ष हुन्जेलसम्म नबोली हुर्काएँ, अब म जागिर खान्छु’ उनले भन्न थालेकी छन् । उनले यसो भनेपनि मसँग कुनै उत्तर छैन । उनले मेरो लागि विहान साँझ घरको काम गरेर जागीर गरे त ठिकै होला । तर, आफूले भनेजस्तो पनि कहाँ हुन्छ र । यदी त्यसो भएन भने छोरी बुझ्ने नहुन्जेलसम्म समस्या आफ्नै टाउकोमा । पत्रकार भएर विहानदेखि साँझसम्म स्वतन्त्रतामा रमाउने म घरयासी काम गरेर कसरी बस्न सकुँला ?

अरुका श्रीमानले बालवच्चा सम्हालेर, श्रीमतीले जागिर खान पाएको तर मैले सहयोग नगरेको भन्ने मेरी श्रीमतीको गुनासो जायज छ । म त्यस्ता सहयोगी लोग्नेहरुलाई सलाम गर्छु । संगसंगै यसमा पनि के स्पस्ट छु भने बच्चालाई आमाले हेरेजस्तो बाबुले जति गरेपनि हुँदैन । एकाध वाबुहरूले गरे होलान । तर, आमाले दिने समय, माया र शिक्षा जति गरेपनि बाबुले दिन सक्दैनन् । भविष्यमा छोरीको पढाई कस्तो हुने हो त्यो अहिले भन्न सक्दिन । तर, अहिले अढाई वर्षकै उमेरमा सिकाइमा उनले जसरी विकास गरेकी छन् यो पनि त मेरी श्रीमतीकै देन हो । छोरीलाई विद्यालयमा पढ्नका लागि भर्ना गरेको पनि होइन । पढ्ने उनको उमेर भएको छैन । खेल्नका लागि भर्ना गरेकी छोरीलाई उसको प्रतिभा देखेर एक महिनामै नर्सरी कक्षामा राखिदएको छ विद्यालयले ।

यो पनि मेरी श्रीमतीको देन हो । घरमा खेलाउँदै ज्ञानज्ञुनका कुरा नसिएकाएको भए छोरीको सिकाइमा विकास हुने थिएन । यदी उनले जागिर खाएर मेरो जिम्मामा छोरीलाई छोडेको भए उनको सिकाइमा यो प्रगती हुने थिएन । श्रीमतीले जागिर नखाएको भन्दा पनि छोरीले सिक्दै गरेको नयाँ कुरा र उनको क्षमतामा भएको विकास प्रति गर्व लाग्छ मलाई ।

‘यत्तिका पढाएर पनि श्रीमतीलाई जाखिर नखुवाउने ? यत्तिकै बस्ने कि क्या हो ?’ मेरा इष्टमित्र, घरपरिवार साथीभाईबाट अहिले सवैभन्दा धेरै मलाई सोधिने प्रश्न बनेको छ । म प्रति स्नेह र चासो भएर मेरो भलो चिताउने साथीभाइ र आफन्तले यसो भनेका हुन् ।

तर, त्यसका वाध्यता र अफ्ठेरा मैले उल्लेख गरिसकें । स्वभाविक हो जिवनभरी सकि नसकी मेहनत गरेर पढेर पाएका प्रमाणपत्र दराजमा थन्काएर बस्नुपर्दा हिनता र पीडावोध हुनु स्वभाविक हो । तर, कुनैपनि महिलाले घर व्यवहार  सम्हाल्ने कुरालाई जागिरभन्दा कम आंक्न मिल्दैन । बरु राज्य ब्यवस्थाले यो कामको मुल्याङ्कन गर्न थाल्नु पर्छ ।

धेरैले सोध्छन् छोरी कति बर्षकी भइन् ? ‘अब अर्को बच्चा कहिले ?’  प्रश्न सोध्नुलाई म स्वभाविक  मान्छु । अरुको कुरा त छोडौं केही पत्रकार साथीहरूले नै जव एक कदम अगाडी बढेर भन्छन् ‘एउटा छोरो त चाहिन्छ है । वशं धान्नपनि ।’ ‘छोरा र छोरीमा के फरक छ ।’ मैले जति भनेपनि उनीहरुको मानसिकता परिवर्तन नभएकोमा हैरान छु । अब त साथीहरुको चेतनास्तर देखेर दया लाग्न थालेको छ । समाजलाई बदल्न भनेर पत्रकारिता पेशामा लागेकाहरुको चेतना यस्तो छ भने अरुको सोंच विचार कस्तो होला ? हाम्रो सोंच विचार पुरातनबादी भएपछि कहाँबाट आउँछ परिवर्तन ?

मलाई कतिपय साथीले नारीबादी भन्लान । कतिपय भेटघाटमा मैले यस्ता कुरा सुनेको पनि छु । तर, आफनी श्रीमतीले गरेको यति महत्वपूर्ण कामको खुलेर प्रशंसा गर्न मलाई असजिलो लाग्दैन ।
(मुकेश भैरहवाबाट पत्रकारिता गर्छन ।)

प्रकाशित मिति :२०७२  फागुन ६ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: