भूकम्प प्रभावित जिल्लाका महिलालाई तालिम


प्रकाशित मिति :2015-06-17 14:07:12

महिला खबर

काठमाडौँ,  असार २। महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले भूकम्प अति प्रभावित आठ जिल्लाका महिला अधिकारकर्मीलाई विपत् व्यवस्थापनसम्बन्धी तालिम दिएको छ ।

विपत्को समयमा उद्धार, राहत र मनोवैज्ञानिक परामर्श उपलब्ध गराई पीडितलाई पहिलेकै अवस्थामा फर्काउन त्यस्तो तालिम दिइएको सञ्जालले जनाएको छ ।नुवाकोट, दोलखा, काभ्रे, ललितपुर, काठमाडौँ, भक्तपुर, गोर्खा र धादिङका महिला प्रतिनिधिले तालिममा सिकेको ज्ञान, सीपलाई सम्बन्धित जिल्लाका भूकम्पपीडितको जीवनशैली तथा स्तर सुधार्न सहयोग गर्नेछन् ।

सञ्जालका अनुसार भूकम्पका कारण उत्पन्न सङ्कटले प्रभावित जिल्लाका त्रसित वासिन्दाको आत्मविश्वास बढाउनुका साथै  भूकम्पको असर महिला तथा बालबालिकालाई धेरै  परेकाले उनीहरूका पीडा कम गर्न तालिम आयोजना गरिएको  हो । तालिममा करिब १०० जना महिला सहभागी थिए ।

प्रकाशित मिति :२०७२  असार 2 गते  वुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: