महिला खबर
काठमाडौं, असार २ । राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिले भूकम्पपछि महिला र बालबालिकामाथि हुनसक्ने हिंसा रोक्न अगाडी बढेको सम्पूर्ण प्रक्रियाको विवरण सहित समितिमा जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।
आज बसेको समितिको बैठकले महिला र बालबालिकाको बेचविखन बढेको समाचार सञ्चारमाध्यम आईरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकारले यस्तो कार्य रोक्न हालसम्म कस्ता प्रक्रिया अगाडि बढाएको छ ,सम्पूर्ण विवरण सहित पाँच दिनभित्र समितिमा पेस गर्न निर्देशन दिएको हो ।
समितिको बैठक सभामुख सुवासचन्द्र नेम्वाङको अध्यक्षतामा बसेको थियो ।
यसैवीच भूकम्प प्रभावित जिल्लाका सुत्केरी, महिला, बालबालिका, अपाङ्गता भएका नागरिकलाई विशेष प्राथमिकता दिनुपर्ने भए पनि यस्तो हुन नसकेको स्थलगत अनुगमनमा पाइएको समितिले जनाएको छ ।
Comment Here!