महिला खबर
कास्की, असार ३ । पोखरामा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि क्षेत्र नम्बर ७ जनकपुरले जितेको छ । पोखरा रंगशालामा बुधवार भएको फाइनल खेलमा क्षेत्र नम्बर ७ जनकपुरले सशस्त्र प्रहरीको एपीएफलाई ७ विकेटले पराजित गरेको हो ।
उपाधिसँगै जनकपुरले ५० हजार रुपैयाँ र मेडल हात पारेको छ भने एपीएफले ३० हजार रुपैयाँ नगद हात पारेको छ । टस हारेर पहिले व्याटिङको निम्तो पाएको जनकपुरले १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र बनाएको थियो । जनकपुरकालागि सरस्वती चौधरीले १२ रन, कविता गौतमले ८ रन, रोजी कडायरले ८ रन, शोभा आलेले ७ रन र ममता चौधरी र विमला मगरले १/१ रनको योगदान दिए ।
एपीएफकी के भण्डारीले २ ओभरमा ३ रन दिएर ३ विकेट लिइन् भने रुविना क्षेत्रीले ४ ओभरमा २ मेडन राख्दै ४ रन खर्चिएर २ विकेट हात पारिन् । जवाफमा मैदान उत्रिएको एपीएफले १७.५ ओभरमा ४० रन बनाउदै सबै विकेट गुमायो । कुनै पनि ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् । जनकपुरकी सन्तोषी चौधरीले ३ तथा सरस्वती चौधरीले २ विकेट हात लिए ।
तेस्रो स्थानका लागि भएको खेलमा क्षेत्र नम्बर ९ धनगढीले विराटनगरलाई ७ विकेटले पराजित गर्दै तेश्रो स्थान हासिल ग¥यो । तेश्रो भएको धनगढीले नगद २० हजार र ट्रफी हात पारेको छ ।यस्तै प्रतियोगितामा ९४ रन र सात विकेट लिएकी अनुराधा चौधरीले प्लेयर अफ दि टुर्नामेन्ट हुँदै १० हजार पुरस्कार पाइन् ।
त्यस्तै नेपालगञ्जकी तृष्णा सिंह बेष्ट बलर, जनकपुरकी शोभा आले बेष्ट व्याट्स वुमेन, विराटनगरकी अप्सरी बेगम उदीयमान खेलाडीका रुपमा पुरस्कृत भए । उनीहरूलाई नगद ५/५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
प्रकाशित मितिः २०७२ असार ३ गते बिहीवार
Comment Here!