विरामी बोक्ने महिला


प्रकाशित मिति :2015-06-18 14:44:48

महिला खबर

नेपालगन्ज, असार ३ । गाउँका दिदीबहिनी सिकिस्त विरामी हुँदा कसरी स्वास्थ्य चौकी पु-याउने भन्ने चिन्ताबाट बाँकेको महादेवपुरीका महिला मुक्त भएका छन् ।

राजमार्गबाट ६ किलोमिटर टाढा यातायातको पहुँच नभएकोले सिकिस्त विरामीलाई उपचार गर्न स्वास्थ्य संस्थासम्म पु-याउन निकै समस्या भोग्दै आएका थिए ।

‘वर्षायाममा गर्भवती, सुत्केरी तथा सिकिस्त विरामीलाई बोकेर स्वास्थ्य चौकी पुराउन साह्रै अप्ठ्यारो हुन्थ्यो’–स्थानीय महादेवा गाउँकी अनिता चौधरीले भन्नुभयो–‘स्टेचर पाइयो, अव यसको सहि उपयोग गर्नेछौ, गरिव विपन्न वर्ग आफ्नै साधन नहुने र महंगो साधन प्रयोग गर्न नसक्नेलाई स्टेचरको माध्यमबाट उपचार केन्द्रसम्म पु-याउने छौ ।’

Stecher pic

अब विरामीलाई एक्लैले बोक्नुपर्ने समस्या टरेको बालापुरकी सञ्चिता खड्काले बताउँनुभयो । उहाँ भन्नुहुन्छ ‘वर्षायाममा बाटो बन्द हुन्छ, डुवान हुन्छ त्यस्तो बेला स्टेचरमा राखेरै भएपनि विरामीलाई अस्पताल पु¥याउनै प¥यो । अब स्टेचर भएपछि विरामी कसरी बोक्ने भन्ने चिन्ता हुनेछैन ।

दुर्गम बस्तीका महिलाले स्टेचरलाई अत्यावश्यक प्राथमिकता दिई माग गरेपछि यस्तो व्यवस्था गरिएको महादेवपुरी स्वास्थ्य चौकीका इन्चार्र्ज अनिल सेनठकुरीले जानकारी दिनुभयो ।

स्थानीय महिला समूहको मागमा महादेवपुरी गाविसको दुर्गम बस्ती महादेवा र बालापुरका बासिन्दालाई एक–एक थान स्टेचर उपलब्ध गराईएको हो ।

सामुदायिक छलफल कक्षाका क्रममा गाउँका सिकिस्त विरामीलाई उपचारका लागि लैजान यातायातको समस्या भएपछि स्टेचर माग गर्ने सहमति भएको हो । छलफलपछि महादेवा र बालापुरका छलफल कक्षाका सहभागी महिलाले स्वास्थ्य चौकीमा स्टेचर उपलब्ध गराउन लिखित निवेदन दिएका थिए ।

समुदायबाट आएको मागलाई स्वास्थ्य चौकी हुँदै जिल्ला जनस्वास्थ्य कार्यालयसम्म समन्वय गरि स्टेचर ल्याउने प्रकृयामा सहजीकरण गरेको स्याक नेपालका सामाजिक परिचालक लक्ष्मी विष्टको भनाई छ ।

प्रकाशित मिति : २०७२ असार ३ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: