सामूहिक बलात्कार गर्ने सात जनाविरुद्ध मुद्दा दायर


पाँच जना अझै फरार

प्रकाशित मिति :2015-06-18 15:46:59

रमला सिंगक

सुनसरी,असार ३ । धरानकी एक १५ वर्षीया किशोरीलाई ११ दिनअघि सामूहिक बलात्कार गर्नेमध्ये सात जनालाई ईलाका प्रहरी कार्यालय धरानले जवर्जस्ती करणी अन्तर्गत मुद्दा चलाएको छ ।

प्रहरी नायव उपरीक्षक सुदमकुमार सिजापतिका अनुसार सात जनामध्ये धरान घोपा बस्ने १८ वर्षीय सिमन राईलाई आज विहान उनकै घरबाट पक्राउ गरिएको हो । प्रहरीले आजै सात जनाविरुद्ध जवजस्ती करणीको मुद्धा दर्ता गरेको हो । बलात्कार गर्नेमध्ये पाँच जना अझै फरार छन् ।

BALAT

आरोपित १२ जना लागु पदार्थ दुव्र्यसनीमा संलग्न रहेको डिएसपी सिजापतिले जानकारी दिनुभयो ।

प्रहरीले यसअघि धनकुटाको बेलहाराका १७ वर्षीय विकेश राई, भोजपुरको भैंसेपंखाका २० वर्षीय विपिन राई, धरान बांझगराका १८ वर्षीय आकास लिम्बु, धरानका २३ वर्षीय समिर राई, १८ वर्षीय प्रीतेश लिम्बु र २२ वर्षीय विटु राईलाई पक्राउ गरेको थियो ।

उपचारपछि उनको अवस्था सामान्य छ । अन्य रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सातै जनाले आरोप स्वीकारेकाले म्याद थप गरेर जवर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेको प्रहरी निरिकक्षक मिलन भट्टराईले बताउनुभयो ।

प्रकाशित मितिः २०७२ असार ३ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: