जिन्दगी जिन्दाबाद अर्थात झुमा लिम्बु


प्रकाशित मिति :2015-06-19 12:44:04

जीवनमा संगीत भन्दाभन्दै धेरैकुरा छुट्यो तर संगीत छुटेन र जीवन रहेसम्म छुट्दैन पनि ।’ झुमा लिम्बु एक शब्द चित्र ।
बिमला तुम्खेवा   
कतै अपार सागर होला  
कतै सानो खोला
सागर हो की जिन्दगी हाम्रो
हो की सानो खोला
यही सोचेर बाँचेको छु म
जिन्दगी जिन्दावाद जिन्दावाद……….।

jhuma photo

पछिल्लो समय नेपाली संगीतको बजारमा बौद्धिक गीतका पारखीको जिब्रोमा झुन्डिएको गायिका झुमा लिम्बुको लोकप्रिय गीतको पंक्ति हो यो । यो गीत आजभोली मानसिक रोगीहरूलाई समेत सकारात्मक सोचाइ बढाउन थेरापीको रुपको पनि प्रयोग गरिन्छ । नेपाली सुगम संगीतमा चर्चा र दाम दुवै हुँदाहुँदै पनि अहिले उनी सुगम संगीतलाई चटक्कै छोडेर नेपाली लोकसंगीतको अध्ययन र संरक्षणमा लागेकी छन् ।
केही महिना अघि शिल्पी नाटकघरमा झुमा लिम्बुले लिम्बु मुन्धुममा आधारित  गीतको एकल प्रस्तुति दिएपछि नेपाली सांगीतिक क्षेत्र र शहरमा उनको गायकीको चर्चा परिचर्चा निकै भएको थियो । नेपालका बौद्धिक व्यतित्व र लिम्बु समुदायले  उनको कामको चर्चा र सराहना गरे । झन्डै दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा आवद्ध यी गायिका व्यावसायिक गायनलाई छोडेर एक दशक यता भने लिम्बु लोकसंगीतको संरक्षणका लागि खोज अनुसन्धानमा संलग्न छिन् ।

अनुसन्धान कै सिलसिलामा पुर्वी पहाड र भारतको सिक्कीमका लिम्बु बस्तीमा झन्डै सात वर्ष खोज अनुसन्धान गरेपछि बजारमा ल्याएको ‘खासाम’ लिम्बु समुदायको अहिलेसम्मको आधिकारिक साँस्कृतिक धर्म र मुन्धुमको दस्तावेज मध्येमा पर्छ । नेपालका आदीवासी मध्ये लिम्बु समुदायको भाषा संगीत उच्च मानिएपनि अहिलेसम्म मुलधारको संगीतमा आउन सकेको थिएन । अहिले उनले गरेको कामको सर्वत्र प्रशंसा हुन थालेको छ । सत्यमोहन जोशीदेखि प्राध्यापक डाक्टर अभी सुबेदीसम्मले उनको कामको तारिफ गरेका छन् । उनी अहिले नेपाली संगीतको बजारमा गम्भिर गायिकाको परिचय बनाउन सफल छन् ।

नेपाली सांगीतिक क्षेत्रका धरोहर अम्‍बर गुरुङलाई आफ्नो संगीतको गुरु मानेकी  झुमाको अम्‍बर गुरुङसँगको भेट र आत्मीयताको पनि छुट्टै पाटो छ । उनी भन्छिन्, ‘गायक बन्छु भनेर अम्‍बर गुरुङको घरमा पुग्नेको लर्को दिनहुँ कति हुन्छ कति । धेरैजसोलाई त उहाँले समय छैन भन्दै पठाइदिनुहुन्छ । तर, अमर गुरुङकै प्रशिक्षणबाट म गायिका नै बन्छु भन्ने अठोटका साथ उहाँकोमा पुगेकी थिएँ, मलाई समय दिनुभयो, मेरो सपना पुरा भयो ।’

उनले चार वर्षसम्म अम्बर गुरुङको संगतमा रहेर संगीत सिक्ने मौका पाइन् ।  यो अवधीमा झुमा जतिबेला अम्‍बर गुरुङले बोलाउनुहुन्थ्यो सवै काम छोडेर  पुगिहाल्थिन् । ‘कहिलेकाँही त उहाँको घरसम्म पुग्ने पैसा पनि हुँदैनथ्यो म घट्टेकुलो बस्थेँ उहाँ चक्रपथ । फेरि उहाँको स्वास्थ्य राम्रो थिएन विरामी भइरहने । मलाई यो क्षेत्रमा जिम्मेवारीका साथ यहाँसम्म आइपुग्ने बनाउन उहाँको ठूलो सहयोग छ’ झुमा भन्छिन्, ‘बीस वर्षदेखि कसैलाई नदिई राखेका गीत मलाई गाउन दिनु भो । म प्रति उहाँको विश्वास यसबाट देखिन्छ ।’

अम्‍बरको साथलाई झुमा खुलेर प्रशंसा गर्छिन् — ‘म पनि गाउन सक्छु भनेर अम्‍बर सरलाई विश्वास दिलाउन नै मलाई दुईवर्ष लाग्यो । संगीतमा आउँन उहाँको साथ पाउनु नै मेरो भाग्य हो । म भित्रको संगीतप्रतिको लगाव बुझेर नै सायद मलाई अम्बर गुरुङले निरन्तर प्रशिक्षण दिन झर्को मान्नुभएन ।’

Khasam limbu

झुमा भन्छिन्, ‘गीत कम्पोज सरको मुड अनुसार हुन्थ्यो, कतिपल्ट त जान्थें र त्यसै र्फकिएर आउँथे । तरपनि मैले हिम्मत हारिन र ती गीत मेरो दोस्रो एलवम अमर संगीतमा समेटिएको छ ।’

 सुक्ष्म संवेदनालाई पनि गायकीद्वारा अभिव्य गर्ने बेजोड छ उनको गला । २०६० साल मै ‘ए साइला’ नामक आधुनिक गिती एल्बम निकालिन् । तर, अमर संगीतले नै उनलाई स्थापित गर्‍यो ।  ‘जिन्दगीको यहि मोडलाई उपयोग गर्दै मैले बजारमा  चलेका फिल्मी शैलीको गीत गाउन छोडिदिए’ उनले भनिन् । त्यसपछि उनी लागिन् आफ्नै समुदायको इतिहास खोज्न । अहिले निस्केको खासममा उनले  लिम्बु समुदायको सँस्कृती, चालचालन र सृष्टि सम्बन्धी दर्शन, मान्यता, प्रेम, बिछोड र मुत्यु संस्कारसम्मको विधि, भावना र संवेगलाई समावेश गरेकी छिन् ।  खासाम  नेपाल बाहिर पनि त्यतिकै चर्चामा छ ।

सानैदेखी लिम्बुभाषा र सँस्कृतिसँग नजिक रहेकी यी गायिकाले पुर्वका लिम्बुको मुल थलोका बारेमा खोज अनुसन्धान गर्ने क्रममा धान नाचेर वर्षौ बिताएकी छन् ।

उनको स्वभाव पनि टक्कै लिम्बुनीको जस्तो, मिलाएर बोल्नै नजान्ने । बोलीहाले पनि एकदम सिधा बोल्ने तर, गायनमा चाही ‘जोक’ होइन साँच्चै गम्भिर । बजारमा उनले गाउने गीत र स्वरको प्रशंसा गर्ने समूह पनि गम्भीर खालका छन् ।  ‘जीवनमा संगीत भन्दाभन्दै धेरैकुरा छुट्यो तर संगीत छुटेन र जीवन रहेसम्म छुट्दैन पनि’ झुमा भन्छिन्, ‘केही वर्ष अझै दह्रो काम गर्नुछ ।’ अलग धारका जीवनवादी गीत गाएकै कारण ‘जिन्दगी जिन्दाबाद’ गीत सुन्ने जो कोही उनको प्रंशसक हुन्छन् । झुमा लिम्बुलाई आजकी ‘अरुणा लामा’ भन्नेहरूपनि छन् । तर, उनी आफैलाई चाही यसरी तुलना गर्न मन पराउँदिनन् ।

गायिका बन्ने एउटै उद्देश्य बोकेर उनी काठमाडौं छिरेकी थिइन् । तर टेक्ने ठाउँ न  समाउने हाँगा दुवै थिएनन् । ‘एक दशक काठमाडौं बसाईमा मैले गरेको संघर्ष विर्सन सक्दिन’ झुमा भन्छिन् ।

अन्तमा

तिमी बगेको खोला जस्तो कुन सागरमा बिलीन भयौ
न म किनारा हुन सके न म बाधा नै बन्न सकें
तिमी बगेको खोला
सम्भव त कैले नहोला र्फकन बगेको खोला

प्रकाशित मिति: २०७२ असार ४ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: