महिला खबर
काठमाडौं, असार ४ । आफ्नै महिला साथीको फेसबुक प्रोफाईल ह्याक गरी विभिन्न अश्लिल तस्विर पोष्ट गर्ने अरविन्द श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले पीडितलाई फेसबुकमा धम्कीपूर्ण सन्देश पठाई मानसिक यातना तथा डरत्रास देखाउँदै व्यक्तिगत मान मार्यादामा आँच आउने काम गरेको भन्दै रामेछाप साँघुटारका २७ वर्षीय जिवन भन्ने अरविन्द श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
ती महिलाका आफन्त तथा साथीहरूलाई अश्लिल तस्विर पठाउँदै आएका श्रेष्ठलाई प्रहरीले ललितपुरको ग्वार्कोबाट पक्राउ गरेको बताएको छ । पक्राउ परेका श्रेष्ठलाई प्रहरीले विद्युतीय कारोवार ऐन अन्तर्गत कारवाही अगाडी बढाएको जानकारी दिएको छ ।
प्रकाशित मितिः २०७२ असार ४ गते शुक्रवार
Comment Here!