महिला खबर
काठमाडौं,असार ४ । यसवर्षको प्रवेशिका परीक्षा (एसएलसी) मा नियमिततर्फ ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षा नियन्त्रण कार्यलय सानोठिमीले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ एक लाख ९२ हजार २ सय ४७ जना उत्तीर्ण भएका छन् ।
जसमा छात्रतर्फ एक लाख ९ हजार ४३ र छात्रातर्फ ८३ हजार २ सय २४ जना उर्तीर्ण भएका हुन् ।
विशिष्ट श्रेणीमा २१ हजार २ सय ४७ जना उत्तीर्ण भएका छन् ।
विशिष्टमा छात्रतर्फ १२ हजार ४ सय २६ छन् भने छात्रातर्फ ८ हजार ८ सय २१ छन् ।
प्रथम श्रेणीमा ९० हजार १ सय ७६ जना उत्तीर्ण भएका छन् ।
प्रथम श्रेणीमा छात्रतर्फ ५२ हजार ५ जना उत्तीर्ण भएका छन् भने प्रथम श्रेणीमा उत्तीर्ण हुने छात्राको संख्या ३८ हजार १ सय ७१ रहेको छ ।
त्यसैगरी दोस्रो श्रेणीमा छात्रतर्फ ४२ हजार १ सय ७६ र छात्रातर्फ ३४ हजार ३ सय ६ गरी कुल ७६ हजार ४ सय ८२ जना उत्तीर्ण भएका छन् ।
तेस्रो श्रेणीमा ४ हजार ३ सय ६२ जना उत्तीर्ण भएका छन् ।
तेस्रो श्रेणीमा छात्रतर्फ २ हजार ४ सय ३६ जना उत्तीर्ण छन् भने छात्रा १ हजार ९ सय २६ छन् ।
प्रकाशित मिति २०७२ असार ४ गते शुक्रवार
Comment Here!