फेरी विभेदकारी संविधान बन्न लागेकोमा महिला चिन्तित


प्रकाशित मिति :2015-06-20 12:56:54

सुमित्रा के सी
काठमाडौं, असार ५ । गणतान्त्रिक नेपालको संविधानमा महिलामाथि हुँदै विभेदलाई निन्तरता दिन लागिएको भन्दै महिला सभासद आक्रोसित भएका छन् ।

मिडिया एडभोकेसी गु्रप (म्याग)ले काठमाडौंमा आयोजना गरेको संविधानमा महिलाको मुद्दा परामर्श कार्यशाला गोष्ठीमा सहभागी महिला सभासद तथा अधिकारकर्मीले नागरिकता, निर्वाचन प्रणाली, शासकीय स्वरुप र सङघीयतालगायतका विषयमा महिलालाई विभेद गरी सहमति भएको भन्दै आपत्ती जनाएका हुन् ।

कार्यक्रममा बोल्दै एमाओवादी नेता तथा पुर्व सभासद हिसिला यमी ले नागरिकतामा विरोधाभास भाषा प्रयोग गर्दै झुक्याउने खेल भई रहेकाले स्पष्ट रुपमा आमा वा बाबु लेख्न भाग गर्नुभयो । उहाँले महिलाको पहिचान मौलिक हक भएकाले आफ्नो सन्तानलाई गरिकता दिनबाट राज्य विभिन्न बहानामा बञ्चित गर्न नपाउने धारणा राख्नुभयो ।

यस्तै कार्यक्रममा बोल्ने अन्य महिला सभासद तथा अधिकारकर्मीले आमा वा बाबुका नाममा नागकिता दिन पाउने पुर्वसहमती अनुसारको व्यवस्था संविधानमा नभएको बताए । उनीहरूले अव हरेक पार्टीले नागरिकतालगायत महिलालाई हेर्ने दृष्टिकोण सार्वजनिक गर्न मागपनि गरे ।

उनीहरूले नागरिकता आमा वा बाबुको नाममा र निर्वाचन प्रणालीमा स्थानीय निकायमा ५० प्रतिशत, राज्य सभामा ४० र केन्द्रमा ३३ प्रतिशत परिणाममै आउने गरि संविधानमा सुनिश्चित गर्न माग गरेको छन् ।

संवाद समितिले मस्यौदा समितिलाई बुझाएको प्रतिवेदनलाई तत्काल संशोधन गर्न माग गर्दै अधिकार प्राप्तीका निमित्त सम्पुर्ण महिला सभासद एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः २०७२ असार ५ गते शनिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: