चितवन पनि बेचबिखनको ट्रान्जिट प्वाइन्ट


प्रकाशित मिति :2015-06-21 12:27:18

सृजना अर्याल

चितवन, असार ६ । विपदका बेला मानव बेचबिखन तथा ओसारपसारका घटना बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

चितवनमा आयोजित मानव बेचविखन तथा ओसारपसार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अथिति स्थानिय विकास अधिकारी भरतमणी पाण्डेले पछिल्लो समयमा रोजगारीको प्रलोभन पारेर धेरै नेपाली महिला वैधानिक रुपमानै खाडी मुलुकहरूमा जाने र त्यहाँ यौन शोषण, शारीरिक तथा मानसिक हिंसालगायतका समस्याहरूको झेल्न बाध्य भएको बताउनुभयो ।

उहाँले समाजमा मानवबेचबिखन तथा ओसारपसार कलंकको रुपमा रहेको भन्दै यसको नियन्त्रणका लागि सरोकारवाला निकायहरू अझै क्रियाशील भएर लाग्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।

महिला तथा बालबालिका कार्यालयकी कार्यकारी अधिकृत शान्ता कुमारी पौडेलले रोजगारी दिन्छु, घुमाउन लैजान्छु भन्ने प्रलोभन देखाएर धेरैजसो महिला तथा बालबालिकालाई बेचविखन गर्ने गरिएको बताउनुभयो ।

IMG_5404

उहाँले पहिला भारतमा मात्र महिला बेचविखन र मानव ओसारपसार हुने गर्दथ्यो भने अहिले नेपाली महिलालाई रोजगारीको प्रलोभन देखाएर खाडी मुलुकहरू पु-याउने गरेको बताउनुभयो ।

चितवनका माडी, दारेचोक र कठारलगायतका क्षेत्र मानव बेचविखनको लागि ट्रान्जीट प्वाइन्ट भएकाले यस तर्फ चनाखो हुन सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक राजन अधिकारीले नेपालको खुल्ला सिमानाको कारण मानव बेचविखन हुने क्रम नरोकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो –‘मानव बेचबिखनको सम्बन्धमा गाउँस्तरबाटै अध्ययन अनुसन्धान गदै सचेतना जगाउनुपर्छ ।’
यसैगरी आदर्श गृह भरतपुरकी संस्थापक अध्यक्ष मीना खरेलले पछिल्लो समयमा अनेक बहानामा नेपाली महिलालाई बेचिने गरेको भन्दै राज्यलेनै सशक्त कानुन निमार्ण गरेर कडाइकासाथ लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

महिला अधिकारकर्मीहरूले विद्यालयस्तरबाट पाठ्यक्रममा मानव बेचबिखनलगायतका घटनालाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने ज्ञान दिनुपर्ने धारणा राखेका थिए । उनीहरू कोरियालगायतका मुलुकहरूमा नेपाली महिलालाई नकक्ली विवाह गरी बेचविखन गर्ने गरेको बताएका छन् ।

कार्यक्रम महिला तथा बालबालिका कार्यालय र आदर्श नारी विकास केन्द्र भरतपुरले आयोजना गरेको थियो ।

प्रकाशित मिति २०७२ असार ६ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: