महिला खबर
कालीकोट, असार ६ । कालिकोटका सर्जन सहकारीले छोराछोरीलाई बराबर अंशबन्डा गर्नुभएकाे छ।
रुप्सा–३ खलापाटा निवासी सर्जन सहकारीले तीन छोरा र एक छोरीलाई समान अंश दिनुभएको हो । चार छोरामध्ये जेठा छोरा हर्कबहादुर सहकारीको सशस्त्र द्वन्द्वका बेला मृत्यु भएको थियो ।
सबै छोरा र परिवारको सल्लाहअनुसार छोरीलाई अंश दिएको सहकारीले बताउनुभयो । कालीकोटमा छोरा नभएमात्र छोरीलाई जग्गाजमिन दिने गरिएको छ । बिहीवार जिल्ला मालपोत कार्यालय कालीकोटमा कित्ता नम्बर दुईसय ५१ वर्ग मिटर जग्गा सर्जनले छोरीका नाममा नामसारी गरिदिनु भएको हो ।
प्रकाशित मितिः २०७२ असार ६ गते अाईतवार
Comment Here!