खुट्टा भाँचियो, मन भाँचिएन


प्रकाशित मिति :2015-06-21 14:32:05

भूकम्पमा परेर खुट्टा भाँचिएकी एउटी शिक्षिका रामेछापमा धेरैका लागि प्रेरणाकी श्रोत भएकी छन् । मन्दिरको पाटीमा विद्यार्थी पढाउदै गरेकी प्रिती भन्छिन्, ‘विद्यालय भवन ढल्यो, हाम्रो मन त ढलेको छैन नि !’

सञ्जिला तामाङ

School red stickerवैशाख २९ गते दिउसो भुइचालो आउँदा प्रिती पढाउँदै थिइन् । ‘भुकम्पको त्रास विस्तारै मनबाट हट्दै थियो । अब तत्कालै ठूलो भुकम्प आउला भन्ने लागेको थिएन । विद्यार्थीलाई पढाउँदा पढाउदै एक्कासी घर हल्लियो । विद्यार्थी आत्तिएर हुरुरु बाहिर भागे । म त हेरेको हेरै भएँ । के गर्ने दिमागमा केही आएन । विद्यार्थी सबै बाहिर निस्किए तर हल्लाउन छाडेन । अताल्लिएर माथ्लो तलाबाटै हामफालेँ, हामफाल्दा मेरो खुट्टा भाँचिए छ ।’ भाँचिएको खुट्टा तेर्स्याउँदै विद्यार्थीलाई पढाउँदै गरेकी नर्वदेश्वर इङलिस बोर्डिङ स्कुल भटौलीकी शिक्षिका प्रिती प्रसाईँले भनिन् ।

वैशाख १२ र १३ गते आएको विनासकारी भुकम्पबाट सकुशल जोगएकी प्रितिको २९ गतेको भुकम्पमा भाग्दा गोडा भाँचियो । उनी भाग्ने वित्तिकै उनले पठनपाठन गर्ने विद्यालयको भवन गर्ल्याम गुर्लुम ढल्यो । देशमा आएको विपतिसँगै घाइते भएकी शिक्षिका प्रसाईँले भनिन, ‘काल आएको रहेनछ धन्न बाँचियो । आपूm घाइते भए पनि विद्यार्थीलाई केही भएन । उनीहरुलाई बचाउन सकियो । विद्यालय ढल्यो तर हाम्रो मन ढलेको छैन, यो नै ठूलो कुरा भयो ।’

आफ्नै गाउँमा रहेको नवर्देश्वर इङलिस वोर्डिङ स्कुलमा पढाउँदै आएकी प्रितीे बैशाख २९ गते आप्mनो लागि कालो दिन भएको बताउँछिन् । भुकम्पले गोडा भाँचिए पनि उनी त्यतिकै बसेकी छैनन् । उनी भाँचिएकै गोडामा आफूले आश्रय लिएको ठाउँ मन्दिरको पाटी मै विद्यार्थीलाई राखेर पढाईरहेकी छन् । उनी भन्छिन, ‘मेरो खुट्टा भाँचिएपनि मन भाँचिएको छैन । मैले आफ्नो जिम्मेवारी जुनसुकै अवस्थामा पनि पुरा गर्ने प्रयास गर्नेछु ।’ उनको अठोट उनले अहिले गरिरहेको कामले प्रमाणित गर्दछ । उनी भाँचिएको गोडा तेस्र्याएरै आफ्नो जिम्मेबारी पुरा गरिरहेकी छन् ।

स्कुल अहिले बारीको पाटोमा सञ्चालन भइरहेको छ । अस्थाई शिक्षण केन्द्र स्थापना नभएसम्म उनले मन्दिरको पाटीमै बसेर पढाउने विद्यालय व्यवस्थापनका अध्यक्ष ध्रुव मैनाली बताउँछन् । ‘एक त स्कुलको भवन छैन, अर्कोतिर घाइते शिक्षक, फेरि स–साना केटाकेटी छन्, स्थान सुरक्षित छैन । यस्तो अवस्थामा पठनपाठन गर्न गाह्रो भएको छ तर पनि बालबालिकाको भविष्यमाथि खेलबाड गर्नु भएन, जसरी चल्छ त्यसै गरी चलाई रहेका छौँ’, प्रिन्सिपल दीपक प्रसाईँले बताए । उनले थपे, ‘बालबालिकाको भविष्यको सवाल छ यसमा हामीले बुद्धि पु-याउनै पर्छ ।’

देशमा आएको विनाशकारी भुकम्पसँगै रामेछाप जिल्लाका ४ सय ७४ विद्यालयमध्ये २ सय ७५ पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । विद्यालयका एक हजार ९ सय २६ कक्षा कोठामा क्षति पुगेको छ । आंशिक क्षति पुगेका विद्यालय भवनहरु पनि तत्काल पठनपाठन सञ्चालन गर्न अयोग्य देखिएका छन् । भुकम्पको कारण जिल्लामा ५ जना विद्यार्थीको मृत्यु भएको छ भने ९ घाइते भएका छन् । २ जना शिक्षकहरु पनि भुकम्पमा परी घाइते भएका छन् ।

भुकम्पले विद्यालयका भवनहरु भत्किएपछि रामेछाप जिल्लाका अधिकाँस विद्यालयहरुले बाहिरै कक्षा सञ्चालन गरि रहेका छन् । विद्यालयका भवनहरु भत्किएपछि विद्यार्थीहरुलाई बाहिरै राखेर भने पनि पठनपाठन सुरु गरेको विद्यालयहरुले जनाएका छन् । भुकम्पको कारण विद्यालयमा बस्ने अवस्था नभएपछि आपूmहरु बाहिरै बसेर पढि रहेको रामेछापको पुरानो विद्यालय मध्येको एक गौरीशंकर उमावि रामेछापका विद्यार्थी बताउँछन् । एकजना विद्यार्थी भन्छन, ‘हामी त विद्यालय खुलेदेखि खुल्ला चौरमा पढ्दै आएका छाँैँ । के गर्नु कतिखेर भुकम्प आउछ पत्तो नै हुँदैन, बरु बाहिरै बस्यो आनन्द ।’

राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष समेत रहेका गौरीशंकर उमावि रामेछापका प्राचार्य निरबहादुर कार्की इच्छा र मन भए शिक्षकले जस्तो परिस्थितिमा पनि अध्यापन गर्न सक्ने बताउछन् । प्रिती प्रसाइ जस्ता शिक्षिकाहरुले यो असजिलो समयमा पनि बलियो आत्म विश्वासका साथ गरेको कामको प्रशसा गर्दै कार्कीले भने, ‘अहिले जसरी शिक्षकहरु लाग्नु भएको यो सबैको लागि अनुकरणीय काम हो । यसरी काम गर्ने हो भने शिक्षकले गर्न सक्छन् भन्ने स्पष्ट हुन्छ ।’

जिल्ला शिक्षा कार्यालयले रामेछापमा अस्थाई शिक्षण केन्द्र निर्माण गर्न ३ करोड २१ लाख ७५ हजार रुपैयाँ लाग्ने जनाएको छ । प्रति सिकाई केन्द्र २५ हजारका दरले ३ सय ५४ विद्यालयका १ हजार २ सय ८७ अस्थाई सिकाई केन्द्र निर्माण हुनेछन् । अस्थाई सिकाई केन्द्र निर्माण गर्ने कार्य सुरु भइसकेको जिल्ला शिक्षा अधिकारी खुविराम अधिकारीले बताए ।

अधिकारीले पठनपाठनमा लाग्न जिल्लाका सबै विद्यालयलाई निर्देशन दिइसकेको बताए । उनले यस्तो असमान्य अवस्थामा पनि शिक्षकहरुले काम गरिरहेकोमा खुसि व्यक्त गरे । अधिकारी भन्छन, ‘हामीले शैक्षिक कृयाकलापलाई तदारुकताका साथ अगाडि बढाउन बारम्बार निर्देशन दिइराखेका छौँ । सोही अनुसार काम पनि भइरहेको छ ।’

(सञ्जिला रेडियो तीनलाल एफएम ८८.६ मेगाहर्ज मन्थली रामेछापमा कार्यरत छन् ।)

प्रकाशित मिति २०७२ असार ६ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: