महिला खवर
भक्तपुर, असार ७ । भक्तपुर जिल्ला बार एकाइले विपत्मा महिला तथा बालबालिकामा हुन सक्ने हिंसा तथा यौन हिंसाको सम्बन्धमा निःशुल्क कानुनी परामर्श सुरु गरेको छ ।विपत्मा परेकालाई ललाइफकाई यौन हिंसामा संलग्न गराउन सक्ने सम्भावना भएकाले बार अन्तर्गतको महिला केन्द्र र कानुनी सहायता केन्द्रले भक्तपुरका भूकम्पपीडित बसोबास गरिरहेको शिविरमा निःशुल्क कानुनी परामर्श सुरु गरेको हो ।
बारले पाँचवटा समूह बनाई भक्तपुर नगरपालिकाका विभिन्न १० वटा शिविरमा परामर्श सञ्चालन गरेको जिल्ला बार इकाइ समितिका सचिव हिमप्रकाश प्रजापतिले जानकारी दिनुभयो । उहाँले प्रहरी, सरकारी वकिलको कार्यालय र जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा परामर्श सुरु गरेको बताउनुभयो ।
प्रकाशित मितिः २०७२ असार ७ गते साेमवार
Comment Here!