जस्ले आफू भोकै बसेर अरुको सेवा गरे


प्रकाशित मिति :2015-06-22 13:08:46

सुमित्रा के सी
काठमाडौं, असार ७ । मैया राना मगरलाई अरुले प्रहरीको बर्दी लगाएको देख्दा त्यस्तै बर्दी लगाउन खुब रहर लाग्थ्यो । उनी भविष्यमा प्रहरी बनेर देश र जनताको सेवा गर्न चाहन्थिन् । उनी दुई वर्षदेखि सशस्त्र प्रहरी बलमा जवान पदमा काम गर्दैछिन् ।

वैशाख १२ गते दिनको करिब १२ बज्न लागेको हुँदो हो । मैया बिहानको ड्युटी पूरा गरेर खाना खान आँटेकी थिइन् । एकै छिनमा टेकेको धरती र आसपासका सबै चिज हल्लिन थाले । उनका आँखा अगाडी कति घर भत्किए।

भूकम्प जान रोकिए लगतै भूकम्पले अति क्षति गरेको भक्तपुर जिल्लाका विभिन्न ठाँउमा तुरुन्त उद्घारमा खटिन कार्यालयबाट आदेश आयो । मैयाले खाना खान पाईनन् । भोको पेट लिएर घाइतेको उद्घार गर्न गइन् ।

भोकै रहेर काम गर्दा गाह्रो भएन ? मैयाले भनिन “के को भोक ! के को प्यास ! जनताको सेवा गर्नु हाम्रो पहिलो कर्तव्य हो, । आपतका बेला भोक, प्यास, निन्द्रा र थकाई सबै बिर्सनुपर्छ ।”

????????????????????????????????????
“भूकम्प पीडित जिवितहरूको उद्घार ग-यौं, घाइतेलाई अस्पताल पु-यायौैं, कसैको टाउको थिएन भने कसैको खुट्टा थिएन । कोई रुवाबासी गर्थे, कराउँथे, घाइते र उनीहरूका आफन्तको अवस्था देख्दा मन बेसरी भक्कानिएर आउँथ्यो,” उनले भनिन् ।

भूकम्प पीडितको उद्घार गर्ने, उपचार गर्ने, राहत बाँड्ने, चर्किएका घर, मन्दिर, पर्खाल भत्काउने, टहरा बनाउनेलगायतका काम उनले गरिन् ।

प्रमिला घले नेपाली सेनाकी जवान हुन् । उनी पोखरामा खटिएकी थिइन् । वैशाख १२ गते प्रमिला एक महिनाकोे बिदा लिएर घर गएकी थिइन् । उनी घर के पुगेकी थिइन् भूकम्प गयो ।

भूकम्पले प्रमिलाको घर पनि पूर्ण रुपमा भत्कियो । भूकम्प गएको केही बेरमै प्रमिलालाई अफिसबाट फोन आयो– जति सक्दो चाँडो फिर्ता आउन भनेर । प्रमिला अफिस गइन् । पचास जनाको टोलीमा बसेर उनी गोर्खा गइन् ।

armi haru pani badai
“गोर्खा जाँदा बाटोमा कति घर चर्किएको देखेर मन त्यसै चर्किन्थ्यो । गोर्खाको बारपाक पुग्दा रुवाबासी चलिरहेको थियो । लासमाथि लास खप्टिएका थिए । कोई बचाउ बचाउ भन्दै कराउँथे भने कोई बोल्न सक्दैनथे,” उनले भनिन् ।

उनीहरूले जति सक्दो चाँडो घाईतेलाई अस्पताल पुर्‍याए । घर भत्किएर पुरिएका कतिपयलाई जिवितै निकाले । कतिको ज्यान गइसकेको थियो । पुरिएका समान, लताकपडा, गाईबस्तु निकालिदिए ।

आफनो घर भत्किएर पनि प्रमिला घर जान पाईनन् । रात दिन भोक निन्द्रा नभनेर पीडितको सेवा गरिन् । बारम्बार पराकम्पन गईरहेकोले ठूल्ठूला, चर्किएका घरमा गएर ज्यानको बाजी थापेर काम गर्नुप-यो ।

यसभन्दा अघि उनले कहिले पनि यसरी, यति धेरै खट्नु परेको थिएन । आपतमा परेको बेला देशको सेवा गर्न पाउँदा खुशी लागेको उनले बताइन् ।

त्यस्तै, सिन्धुपाल्चोक जिल्लामा नेपाल प्रहरीमा कार्यरत जवान दिपा भट्टले पनि उद्धार तथा पुन निर्माणमा प्रशंसा गर्न योग्य काम गरिन् ।
उनले खाना नखाई घाइतेलाई स्वास्थ्य संस्थामा पु-याइन् । उनी रातभर पुरुष साथीहरूसँगै खटिइन् । पछि उनले बेघरबार मानिसका लागि अस्थाइ टहरा बनाएर बासको व्यवस्था मिलाइन् ।

DSC_2264
“आमाले घरबाट फोन गरेर ‘छिटो घर आइज छोरी, यस्तो विपत्मा अन्त बस्नु हुन्न’ भन्नुहुन्थ्यो । अरुलाई सुरक्षाको प्रत्याभुति दिने हामी नै यस्तो बेलामा भाग्यौँ भने अरुको के हालत होला ! हामीले देशका लागि ज्यान पनि दिनुपर्छ भनेर आमालाई सम्झाएँ,” उनले भनिन् ।

सरकारले उद्धारमा खटिएका प्रहरी र सेनाको पनि तलब काट्यो । बढी खटिएको समयमा बढी तलब पाउनुपर्नेमा भएको तलब पनि सरकारले काट्दा नराम्रो लागेन ?

DSC_0158
“पैसा ठुलो कुरा होइन । हामीले गरेको सानो सहयोगले कसैको ज्यान बच्छ, कसैले खान पाउँछन् भने किन सहयोग नगर्ने !” हामीले त आप्mनो भन्दा अरुका बारेमा सोच्नुपर्छ दिपाले भनिन् ।

प्रथम चरणमा राहत वितरण, पीडितको उद्धार, घाइतेको रेखदेख र उपचार जरुरी भएकाले पुनःनिर्माणमा सरकारको आदेश अनुसार डटेर काम गर्ने उनको विचार छ ।

प्रकाशित मिति :२०७२ असार ७ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: