सुमित्रा कोईराला
उदयपुर असार, ७ । उदयपुरको धार्मिक तथा पर्यटकिय स्थल आँपटार रौताका महिलाले सामूहिक रुपमा पर्यटक भित्र्याउन सीपमुलक तालिम सञ्चालन गरेका छन् ।
पर्यटकका रुपमा आउने पाहुनालाई जनजाति संस्कृति, चाल चलनका बारेमा जानकारी दिने, बाँसबाट उत्पादित सामानहरूमा उदयपुरको चिनारी राख्ने, ढाकाबाट उत्पादित सामानहरू उत्पादन गर्न तालिमका क्रममा सिकाउने रौतामाई विकास होमस्टेकी सचिव उम्बा राईले बताउनु भयो ।
पहिलो चरणमा ११ जना महिलालाई आधारभुत होमस्टे तालिम, १० जनालाई आधारभूत ढाका बुनाई तालिम र ४ जनालाई आधारभूत बाँसको हस्तकला तालिम दिइएको संस्थाका अध्यक्ष चन्द्रमणी गुरागाईंले बताउनुभयो ।
तालिमको लागि गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमले आर्थिक सहयोग गरेको हो ।
प्रकाशित मिति २०७२ असार ७ गते सोमवार
Comment Here!