महिला खबर
ललितपुर, असार ७ । आपत्कालीन अवस्थामा बालबालिकामा पोषणको अभाव हुन नदिन ललितपुरलगायत भूकम्प प्रभावित जिल्लामा पोषण कार्यक्रम सञ्चालन गरिएको छ । भूकम्प प्रभावित १४ वटा जिल्लाका जिल्ला जनस्वास्थ कार्यालयले जेठ ४ गतेदेखि पोषण कार्यक्रम सुरु गरेका हुन् ।
उनान्साठी महिनासम्मका बालबालिकालाई लक्षित गरेर पोषण कार्यक्रम सुरु गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएका छन् । ती कार्यालयका अनुसार लक्षित उमेर समूहका बालबालिकाको स्वास्थ्य परीक्षण गरी आवश्यक परेकालाई स्वयंसेवक मार्फत पोषणयुक्त सामग्री वितरण गरिएको छ ।
भूकम्पका कारण बालबालिकामा खानाको सन्तुलन नमिल्दा कुपोषण हुने जोखिम रहेकाले यस्तो कार्यक्रम ल्याइएको कार्यालयले जनाएको छ। यो कार्यक्रमको लागि ललितपुरमात्रै एक हजार स्वयंसेवक परिचालित छन् ।ललितपुरमा अहिले पाँच वर्षमुनिका सबै बालबालिकालाई पोषणयुक्त खाना ‘बालभिटा’ पनि वितरण गरिएको छ । यो कार्यक्रम आउँदो भदौको ४ गतेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित मितिः २०७२ असार ७ गते साेमवार
Comment Here!