महिला खबर
काठमाडौं,असार ८ । भूकम्पबाट अति प्रभावित १५ जिल्लामा महिला हिंसा र मानब बेचबिखनका घटना बढेको भन्दै अन्तर पार्टी महिला सञ्जालले स्थलगत अनुगमन गर्ने भएको छ ।
सञ्जालले आज काठमाडौंमा अायाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा भूकम्पले धेरै क्षति पु-याएका जिल्लामा महिलामाथि भएका यौनहिंसा, बालबालिका बेचविखन तथा ओसारपसार, राहत वितरण र विपद् व्यवस्थापनमा महिला प्रतिनिधित्वको अबस्था बारे अनुगमन गर्ने जानकारी दिएको छ ।
अनुगमनका लागि सञ्जाजले १५ वटा टोली निर्माण गरेको छ । टोलीले असार १० देखि २५ गतेसम्म भूकम्पबाट अतिप्रभावित जिल्लाको स्थलगत अध्ययन अनुगमन गर्ने भएको छ ।
जिल्लामा रहँदा सञ्जालले राजनीतिक संयन्त्र, विपद् व्यवस्थापन समिति एवं वडा नागरिक मञ्च लगायतका निकायहरूसंग छलफल गर्ने र सबै निकायहरूमा महिला प्रतिनिधित्व सुनिश्चितताको लागि दवाव सृजना गर्ने अध्यक्ष शशी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०७२ असार ८ गते मंगलवार
Comment Here!