महिला खबर
पोखरा,असार ९ । सभासद शारदा पौडेलले एकल महिलाको सवाललाई नयाँ बन्ने संविधानमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । एकल महिला दिवसको दिन पोखरामा मानव अधिकारका लागि एकल महिला समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले सामाजिक र आर्थिक रुपमा एकल महिलाले भोग्नु परेको समस्यालाई विशेष ध्यान दिने बताउनु भयो ।
कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिका आचार्यले एकल महिला पनि आफुलाई कमजोर नसम्झि अगाडि बढ्नु पर्ने बताउनु भयो ।
मानव अधिकारका लागि एकल महिला कास्कीका अध्यक्ष प्रमिला तझ्याले एकल महिलाप्रति अझै पनि समाजको सकारात्मक दृष्टिकोण नभएको भन्दै विभिन्न खालका हिंसा सहन बाध्य भएको बताउनु भयो ।
संकल्पका क्षेत्रीय अध्यक्ष दुर्गा न्यौपाने एकल हुनु रहरको विषय होइन, समाजले कुरा बुझ्दा बुझ्दै पनि एकल महिलामाथि अन्यायपूर्ण व्यवहार गरेको बताउनु भयो । उहाँले सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रमा एकल महिलाले हिंसा खेप्नु परेको बताउनु भयो ।
एकल महिला समुहले ‘एकल महिला शान्ति तथा सशक्तिकरणका बाहक’ भन्ने नारा सहित ५ औं अन्तराष्ट्रिय एकल महिला दिवस मनाएको छ ।
प्रकाशित मिति २०७२ असार ९ गते बुधवार
Comment Here!