एक महिनामा १३ महिला बलात्कृत


प्रकाशित मिति :2015-06-24 13:55:58

ललितपुर, असार ९ । सञ्चारिका समूह नेपालले एक महिना (१ – ३१ जेठ २०७२) मा १५ वटा राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमनले १३ जना किशोरी तथा महिलाको बलात्कार भएको देखाएको छ । अनुगमनमा बलात्कारसम्बन्धी ५४ वटा समाचार सामग्री प्रकाशित भएको पाइएको छ ।

अनुगमनमा खेलकुद र मनोरञ्जनसम्बन्धी समाचारबाहेक दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीय सामग्री समेटिएको समूहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
राजधानीबाट प्रकाशित कान्तिपुर, नागरिक, नयाँ पत्रिका, गोरखापत्र, हिमालय टाइम्स्, कारोबार, राजधानी, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, सौर्य दैनिक, नेपाली दैनिक तथा द काठमाण्डु पोष्ट, रिपब्लिका, द हिमालयन टाइम्स, र द राइजिङ नेपाल अंगे्रजी दैनिकहरु समेटिएका थिए ।
विज्ञप्तिका अनुसार महिलामाथि हुने बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचविखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीतिक र अन्य गरि १३ वटा शीर्षकमा अनुगमन गरिएको थियो ।
जेठ महिनामा हत्याका १० वटा घटना भएका थिए र हत्यासम्बन्धी ४२ वटा समाचार सामग्री प्रकाशित भएका थिए । बोक्सी आरोपका २ वटा घटना थिए र १० वटा समाचार सामग्री प्रकाशित भएका थिए । यौन दुव्र्यवहारका ८ वटा घटना भएका थिए र १७ वटा समाचार सामग्री प्रकाशित थिए । घरेलु हिंसाका ३ वटा घटना र ७ वटा समाचार सामग्री प्रकाशित भएका थिए ।
दाईजोका २ वटा घटना सार्वजनिक भएका थिए र २ वटा समाचार सामग्री प्रकाशित भएका थिए । आर्थिक अधिकारसँग सम्बन्धित ८ वटा समाचार, विचार तथा सम्पादकीय छापिएको देखाएकोे छ । मानव बेचबिखनसम्बन्धी ४२ र राजनितिक अधिकारहननसम्बन्धी ८ समाचार, विचार तथा सम्पादकीय छापिएको देखिन्छ । त्यस्तै परम्परागत र धार्मिक हिंसासम्बन्धी २ वटा घटना सार्वजनिक भएका थिए र ९ वटा समाचार सामग्री प्रकाशित भएका थिए । स्वास्थ्य अधिकारहनन्का २ वटा घटना बाहिर आए र ९२ वटा समाचार सामग्री प्रकाशित भएको विज्ञप्तिमा उल्लेख छ ।

Bar diagram nepali doc
महिला हिंसासम्बन्धी सबैभन्दा बढी समाचार भित्री पृष्ठमा छापिएका थिए । पहिलो पृष्ठमा ३८ र दोस्रो पृष्ठमा ५७ वटा समाचार छापिएको सञ्चारिका समूहले जनाएको छ । सबैभन्दा बढी समाचार (६२ वटा) तेसो्र पृष्ठमा छापिएका थिए । महिला हिंसासम्बन्धी समाचारलाई सन्तोषजनक स्थान दिइएको थियो । महिलामाथि हिंसा गर्नेमा परिवारका सदस्य (२१), पीडक उल्लेख नभएका (७), छिमेकी (१२), राज्य (२) र अन्य (२५) भएको देखाएको छ । सो अवधिमा महिला हिंसासम्बन्धी सम्पादकीय ५, फोटो समाचार २, लेख ३४, सफ्ट न्यूज ७४ तथा हार्ड न्यूज २२३ प्रकाशित थिए । प्रकाशित समाचारमध्ये हार्ड न्यूज ३५, सफ्ट न्यूज ४६ र ८ वटा लेखमा मात्र फोटो÷स्केच प्रयोग गरिएको थियो ।
समूहका अनुसार सञ्चारमाध्यमले महिला हिंसासम्बन्धी समाचारलाई प्राथमिकतामा राखेको पाइएको छ । तर, यस्ता समाचारको ‘फलोअप’ भने कम प्रकाशित भएको पाइएको । यो महिना बलात्कारका ३, बोक्सी आरोपका ३ र हत्याका २ वटा घटनामा ‘फलोअप’ समाचार प्रकाशित भएको देखिन्छ । विज्ञप्तिमा भनिएको छ— ‘हार्ड न्यूज’ मा फोटोको प्रयोग कम (३५) पाइयो, समाचार साम्रगीमा पीडित वा पीडक कसको तस्बिर राख्ने भन्नेमा यस अघि झै स्पष्ट नीतिको अभाव नै देखिएको छ ।
सञ्चारिका समूहले सञ्चारमाध्यममा महिला हिंसाका समाचार कति आएका छन् ? ती समाचारले कस्तो प्राथमिकता पाइरहेका छन् ? हिंसाका समाचारमा ‘फलोअप’ समाचार आएका छन् कि छैनन् ? समाजमा के कस्ता लैंगिक हिंसा भइरहेका छन् र ती सम्बन्धमा कस्ता समाचार सामग्री आइरहेका छन् भनेर सञ्चार अनुगमन गर्दैआएको समूहका कोषाध्यक्ष बिमला तुम्खेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति २०७२ असार ९ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: