महिला खबर
महोत्तरी, असार १० । महोत्तरीको सिमरदही बहुअर्वाकी सविना खातुन बोक्सीको आरोपमा निर्घात कुटिएकी छिन् । आफ्नै देवर र देउरानीले उनलाई बोक्सीको आरोप लगाइ मरणासन्न हुनेगरी कुटेका हुन् ।
भैँसीले दूध नदिएको निहुँमा मङ्गलबार पीडितका देवर जीवरइल कवारी देउरानी जैलम खातुन र अमिना खातुनले सविनालाई लाठी र बन्चरोले कुटेका थिए । उनको शरीरभरि निलडाम परेको छ । अर्धबेहोस अवस्थामा उनी जिल्ला अस्पताल जलेश्वरमा भर्ना भएकी छिन् ।
महिला विकासअन्तर्गत वडा निगरानी समितिकी अध्यक्ष आशा ठाकुर र सचिव शान्ति देवीको सहयोगमा उनलाई महिला विकास कार्यालय र जिल्ला प्रहरी कार्यालयको महिला सेलमा निवेदन दर्ता गराई उपचारका लागि लगिएके हे । पीडित खातुनका श्रीमान् वैदेशिक रोजगारीमा साउदीमा छन् ।
तीन सन्तानकी आमा सविनालाई पहिले पनि पाँचपटक उनका देवरले कुटेको र मङ्गलबार १४ वर्षीया छोरीलाई समेत बलात्कार गर्ने धम्की दिएको पीडितले बताएकी छिन् ।
प्रकाशित मितिः २०७२ असार १० गते बिहीवार
Comment Here!