दिलकुमारीलाई स्वर्णिम प्रतिभा पुरस्कार


प्रकाशित मिति :2015-06-26 11:34:19

महिला खबर

नेपालगन्ज, असार ११ । हेफर इन्टरनेशनल नेपालले हरेक वर्ष प्रदान गर्ने ‘स्वर्णिम प्रतिभा पुरस्कार–२०१४’ बिजेता बाँकेको टिटिहिरिया गाविस ९ की कृषक दिलकुमारी पौडेल बन्नु भएको छ ।

Deel kumari paudel
हेफरको न्यूनतम सहयोगबाट आफ्नो परिवारको आर्थिक उन्नती प्रगतिको साथै सामाजिक क्षेत्रमा समेत योगदान पु¥याउने हेफरसँग आवद्ध कृषकलाई प्रत्येक वर्ष यो पुरस्कारले सम्मान गर्ने गरिएको छ ।
सिर्जनशिल महिला समूहमा आवद्ध पौडेल शारीरिक रुपले अपाड्ड छिन् । उनलाई नेपालगन्जमा एक सामारोहका बिच पुरस्कृत गरिएको छ ।
उक्त पुरस्कार हेफर इन्टरनेशल नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जका सहायक निर्देशक दुर्गा केसी र बाँकेका स्थानीय विकास अधिकारी जिवलाल भुषालले संयुक्त रुपमा प्रदान गर्नुभएको थियो । सो पुरस्कारको राशी ७० हजार रहेको छ ।

प्रकाशित मिति : २०७२ असार ११ गते शुक्रवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: