बुहारी पढाउने क्याम्पस


प्रकाशित मिति :2015-06-26 11:41:43

गोपाल दाहाल

झापा,असार ११ । विवाहपछि घरमा आउने बुहारीलाई घरायसी काममा मात्रै लगाउनुपर्छ भन्ने सोच हाम्रो समाजमा अझैपनि व्याप्त छ । तर, झापाको गोलधापमा बुहारीलाई कलेज पढाउने अभियान नै चलेको छ ।

झापाको दक्षिणी गाविस गोलधापको जनजागृति क्याम्पसका प्रमुखलयागतले स्थानीयको घरघरमा पुगेर बुहारीलाई क्याम्पस पठाउन उनीहरूका परिवारलाई अनुरोध गर्दै यो अभियान सुरु गरेका हुन् । अभियानपछि अभिभावकले धमाधम बुहारीलाई घरको कामबाट फुर्सद दिएर कलेज पढाउन थालेका छन् ।

बुहारीहरूलाई पढाउन कलेजले विशेष छुटको समेत व्यवस्था गरेको छ । कलेजका प्राचार्य हरि संग्रौला भन्नुहुन्छ –‘बुहारी पढ्न आउने वित्तिकै शुल्कमा १० देखि २० प्रतिशत छुट दिन्छौ । आर्थिक अवस्थाका कारण पढ्न नसक्ने बुहारीलाई निःशुल्क पनि पढाउँछौं ।’

2.janajagriti jhapa ma puran

बुहारी पढाउने जनजागृति कलेजको सहयोगार्थ गत वर्ष आयोजीत पुराणमा सहभागी  सासुहरू 

कलेजमा स्नताक तह पढ्ने बुहारीमात्र अहिले २५ जना छन् । तीस बर्षदेखि जनजागृति स्कुलमा पढाउँदै आउनुभएका प्राचार्य संग्रौलाका अनुसार गोलधाप क्षेत्रमा त्यसबेला पढेलेखेका मान्छे थिएनन् । छोरी मान्छे त झन् शिक्षाको उज्यालोबाट टाढै थिए । पछिल्लो समय साना कक्षामा पढ्न आउने छोरीहरूको संख्या धेरै भएपनि कक्षा बढ्दै जाँदा छोरीको संख्या घट्दै जान थाल्यो । एसएलसी पछि त उच्च माविमा पढ्न आउने छोरीहरूको संख्या अत्यन्तै न्यून हुँदै गयो ।

संग्रौला भन्नुहुन्छ –‘अझ क्याम्पस तहमा पुग्ने बेलामा धेरै छोरीको विवाह भएर अन्तै जाने, गाउँमा बुहारी भएर आएकाहरू घर धन्दाले पढ्न नभ्याउने । बुहारीलाई पढाउने त समाजमा चलनै थिएन । केही सचेत स्थानीयको सक्रियतामा क्याम्पसले बुहारीलाई कलेज पढाउने अभियान चलायो । घर घरमा पुगेर ‘बुहारी पढाउनेलाई विशेष छुटको व्यवस्था छ’ भन्दै बुहारीको तथ्याङ्क संकलन गरी सासु ससुरालाई अनुरोध गरियो । त्यसपछि गाउँका बुहारी कलेज पढ्ने लहरै चलेको छ ।’ बुहारी पढाउन थालेपछि क्याम्पस र स्थानीयवासीको सम्बन्ध झनै सुमधुर भएको छ ।

बुहारी पढाउने जनजागृतिमा गतवर्ष स्थानीयको सक्रियतामा महापुराण सञ्चालन गरियो । पुराणबाट संकलन भएको ५५ लाख रुपैयाँ क्याम्पसको विकासमा लगाईएको छ । हाल स्नातक तह पढ्न आउने बुहारीहरू धेरै भएको बताउँदै यसपटक एसएलसी पास गरेका बुहारीलाई पनि कक्षा ११ मा पढ्न आउन जनजागृति क्याम्पसले अनुरोध गरेको छ ।

प्राचार्य संग्रौलाले भन्नुभयो– ‘एउटा महिला शिक्षित भए पुरा परिवार शिक्षित हुन्छ, परिवार शिक्षित भए समाज शिक्षित हुन्छ भन्ने सोचेर बुहारी पढाउने अभियान सञ्चालन गरेका हौं । अभियान सफल भईरहेको छ ।’

प्रकाशित मिति २०७२ असार ११ गते शुक्रवा

तस्वीर :  झापा, गोल्धापस्थित जनजागृति कलेज

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: