साथीले उपहार दिएको तरबार श्रीमतीमाथि प्रहार


प्रकाशित मिति :2015-06-26 12:45:53

महिला खबर 
काठमाडौं,असार ११ । मङ्गलवार राती नौ वजे १३ बर्षे बालकले आधा ढाड काटिएर रगत चुहाउँदैको अवस्थामा आफ्नी आमालाई लिएर हतारिदै शिक्षण अस्पताल महाराजगञ्जको इमर्जेन्सीमा पुगे । आमालाई डाक्टरको जिम्मा लगाएपछि मात्र आफन्तलाई खवर गरे ।
आफ्नै बाबु दीपक श्रेष्ठले घरमा सामान्य झगडा भैरहेका बेला आमा विमला श्रेष्ठमाथि अचानक तरवार प्रहार गरि घाइते बनाए । बालकले घाइते आमालाई अस्पताल पु¥याए अनि डाक्टरलाई सबै कुरा बताएपछि तत्कालै विमलाको उपचार सुरु गरिएको थियो ।

DSC_0043

श्रीमतीलाई तरबार प्रहार गरि दीपक भागेपछि घाइते विमलालाई तत्काल अस्पताल लैजाने हिम्मत कसैले गरेनन् । अस्पताल लैजाँदा आफूहरुलाई पनि मार्ने होकी भन्ने डरले परिवार र छिमेकी अघि नसरेपछि घाइते विमला सामाखुशी चोकसम्म हिँडेर छोराको हात समाउँदै पुगेकी थिइन् । त्यसपछि ट्याक्सीमा उनी शिक्षण अस्पताल महारागञ्जमा पुगेकी हुन् । उपचारपछि अहिले उनी केही बोल्न सक्ने भएकी छन् ।

उनको उपचारमा संलग्न डा.आरती मैनालीकाअनुसार बिहान तीन बजेमात्र विमलाको ढाडको शल्यक्रिया सकिएको थियो । घाउ निकै गहिरो र लामो भएकोले अवस्था निकै डरलाग्दो थियो तर, कलेजो, फोक्सोलगायतका भित्री अंगहरूमा असर नपुगेका कारण विमलालाइ बचाउन सकिएको हो । ढीलो उपचार भएको भएपनि अत्याधिक रक्तश्रावका बचाउन नसकिने अवस्थामा भएको डा.मैनालीले बताइन् । विमलाको ढाडको घाउ निकै डरलाग्दो छ ।
सिन्धुपाल्चोकका दिपक श्रेष्ठलाई तीन वर्ष अघि नेपाली सेनामा कार्यरत साथीले शान्ति सेना मकाउबाट फर्किदाँ उपहारस्वरुप तरबार ल्याइदिएका थिए । त्यही तरबारले उनले मङ्गलवार राती आफ्नै श्रीमती विमलालाई प्रहार गरी झण्डै ज्यानै लिए सामान्य घरायसी झगडा चलिरहँदा श्रीमानले १३ वर्षको छोरामाथि तरवार प्रहार गर्न खोजेपछि छोरालाई समाएर भाग्न खोज्दा आफूमाथि आइलागेको घाइते विमलाले बताइन् ।

????????????????????????????????????

फरार श्रेष्ठलाई खोजीरहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकमा भूकम्पले घर भत्किएपछि हाल काठमाडौं सामाखुशीमा डेरा गरि बस्दै आएका श्रेष्ठको विमला कान्छी श्रीमती हुन् । उनकी जेठी श्रीमती भने कुवेतमा कार्यरत छिन् ।
पीडित विमलाकाअनुसार श्रेष्ठले विभिन्न बाहानामा आफूलाई केही वर्षदखि दुःख दिँदै मार्ने धम्की दिँदै आएका थिए । ‘तर, यसरी तरबार नै प्रहार गरी मार्ने हिम्मत गर्लान भन्ने सोचेकी थिइन’ बिमलाले भनिन् । उनले श्रीमान अपराधी भएकोले जतिसक्दो छिटो उसको खोजी गरी कडा कारवाही गर्नुपर्ने उनको माग छ ।

प्रकाशित मिति : २०७२ असार ११ गते शुक्रवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: