जनसमितिमा महिला सहभागिता बढ्दा भ्रष्टाचार घट्छ : स्थानीय विकास अधिकारी


प्रकाशित मिति :2015-06-28 16:39:56

सृजना अर्याल

चितवन,असार १३ । चितवनका स्थानीय विकास अधिकारी भरतमणी पाण्डेले महिलाको सहभागिता बढि भएका जनसमितिमा भ्रष्टाचार कम हुने बताउनुभयो ।

IMG_5598

सञ्चारिका समूह नेपालले चितवनमा आयोजना गरेको स्थानिय निकायमा महिलाको समान सहभागिता विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै पाण्डेले जनप्रतिनिधि नहुँदा विकास निर्माणका काम प्रभावित भएको स्विकार गर्दै महिलाको स्थानियस्तरदेखि नै सहभागिता बढाउन नेपाल सरकार लागि परेको बताउनुभयो ।

एमालेका जिल्ला अध्यक्ष जे.एन थपलीयाले ‘केन्द्रदेखि नै स्थानीय निकायमा ५० प्रतिशत महिला सहभागिताको अभियान थालेको बताउनु भयो ।

IMG_5606
यसैगरी नेपाली काग्रेंसका जिल्ला सचिव जीतनारायण श्रेष्ठले भाषण र कागजमा मात्र ५० प्रतिशत महिला सहभागिता होइन, निर्वाचन प्रणालीमै सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘स्थानीय निकायमा महिलाको अर्थपूर्ण सहभागिता गराउनुपर्छ, प्रतिनिधि मात्र होइन ।’

महिला अधिकारकर्मी पार्वती रावलले स्थानीय निकायमा महिला सहभागिता बढाउन कानुनी व्यवस्था बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले संविधान बनेपछि नारा जुलुश गर्नु भन्दा नयाँ बन्ने संविधान महिला अनुकूल बनाउनु पर्ने बताउनुभयो ।

सञ्चारिका समूहका महासचिव नितु पण्डितले महिलाको नेतृत्व विकासका लागि स्थानीय निकाय सबैभन्दा महत्वपूर्ण स्थान भएको बताउनुभयो । उहाँले राजनीतिक दलले अाफ्नाे घाेषणापत्रमा लेखेकाे कुरा ६ महिनापछि हुन लागेकाे   स्थानीय निकायकाे चुनावमा देखाउनु पर्ने र पार्टीभित्रका महिलाले समान सहभागिताकाे लागि संर्घष गरिरहनु पर्ने विचार व्यक्त गर्नुभयाे ।

IMG_5623
कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी  भएका व्यक्तित्वहरूले लामो समयदेखि स्थानिय निकायको चुनाव नहुँदा महिलाका मुद्धाहरूलाई सम्बोधन गर्न र नेतृत्व विकासमा  अवरोध खडा भएको बताउँदै स्थानिय निकायको निर्वाचन हुनु आवश्यक भएको विचार व्यक्त गर्नु थियो ।

कार्यक्रममा पत्रकार दुर्गा खनालले स्थानिय निकायमा महिलाको समान सहभागिता सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रकाशित मिति  : २०७२ असार १३ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: