संयुक्त लालपुर्जा बनाउने ५७ जोडीलाई सम्मान


प्रकाशित मिति :2015-06-29 12:27:33

महिला खबर

दाङ, असार १४ । श्रीमान–श्रीमतीको नाममा संयुक्त लालपुर्जा बनाउने ५७ जोडी दाङमा सम्मानित भएका छन् । महिलाको नाममा  सम्पत्तिमाथिको स्वामित्व कायम गर्ने बहस चलिरहेका बेला श्रीमानश्रीमती दुवैको नाममा जग्गाको लालपुर्जा बनाएका दाङका ५७ जोडीलाई सम्मानित गरिएको हो ।

भूमि अधिकार मञ्च दाङले उनीहरूलाई सम्मान गरेको हो ।  सम्मान गर्न आयोजित कार्यक्रममा  बोल्दै    सम्मान हुने जोडीको तर्फबाट रामपुरका लालबहादुर चौधरी र लक्ष्मी चौधरीले संयूक्त लालपुर्जा लिँदा आफुहरू निकै खुसी भएको बताए । मेहनत बराबर भएकाले अधिकार पनि बराबरी हुनुपर्ने उनीहरूको भनाइ थियो ।

सहभागीले महिला हिंसा न्युनीकरण गर्न हरेक क्षेत्रमा महिलाको  समानुपातिक सहभागिता हुनुपर्ने बताए । महिलाको श्रम र पसिना बग्ने जमिनमा उनीहरूको अधिकार  स्थापित नभएसम्म महिलामाथिको शोषण  र दमनको  अन्त्य नहुने उनीहरूको भनाइ थियो ।

भुमि अधिकार मन्चकी अध्यक्ष  निर्मला विकले सम्पत्तिमाथिको अधिकारबाट महिला बञ्चित हुनु नै महिलाको दुर्भाग्य भएको बताउँदै  महिलाको अधिकार भुमिमा हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भुमि अधिकार मञ्चका केन्द्रिय सदस्य मेघबहादुर विसीले भुमिमा सवैको अधिकार  बराबर हुन आवश्यक रहेको बताउदै श्रम एउटाको र नाम अर्कोको हुँदा त्यसले पारीवारिक द्वन्द्व निम्त्याउन सक्ने बताउनुभयो । कार्यक्रममा जिल्ला मालपोत कार्यालय दाङका प्रमुख लालमणि ओझाले महिलाले श्रम र पसिना बगाउने जमिनमा उनीहरूको  स्वामित्व हुनुपर्ने भन्दै संयुक्त पुर्जा दिने अवधारणा उत्कृष्ट भएको प्रतिक्रिया दिनुभयो ।

प्रकाशित मिति : २०७२ असार १४ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: