कास्की पनि वेचविखनको ट्रान्जिट पोइन्ट बन्दै


प्रकाशित मिति :2015-06-29 13:16:40

महिला खबर

कास्की, असार १४ । विनाशकारी भूकम्पपछि  बालबालिका तथा किशोरी बेचिने क्रम बढेको सरोकारवालाले बताएका छन् ।  बालबालिका तथा किशोरीको ओसारपसार, बेचविखनविरुद्धमा कास्कीमा गठन भएको निगरानी समूहले पोखरामा आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवालाले  महिला र वालवालिका निकै जोखिममा रहेकाले उनीहरूलाई जोगाउन चनाखो हुनुपर्ने तर्फ सवैको ध्यानाकर्षण गराए  ।

कार्यक्रममा बोल्दै समूहका संयोजक डा राजेन्द्र गौतमले पछिल्लो समय दलालहरूले किशोरी तथा बालबालिकाहरूलाई बेचविखन गर्न लैजाने  मुख्य बाटो कास्कीलाई बनाउने गरेको भन्दै हरेकदिन भारतीय नाकामा ४० देखि ५० जना किशोरीको उद्धार भईरहेको तथ्य प्रस्तुत गर्नुभयो ।

भूकम्पका कारण सबैको ध्यान अन्तै गएपछि प्रभावित जिल्लामा दलालहरू सक्रिय हुन थालेको उहाँको भनाई थियो । दलालहरू बाग्लुङ, म्याग्दी, पर्वतलगायतका जिल्लामा सक्रिय भएको पाईएको जानकारी पनि उहाँले दिनुभयो ।

कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालय कास्कीका महिला विकास निरिक्षक शरद गुरुङले निगरानी समूहले किशोरी र बालबालिकामा केन्द्रित रहेर काम गरेको बताउँदै सवै सरोकारवालालाई सचेत रहन आग्रह गर्नुभयो ।  निगरानी समूहका सचिव प्रेम सेङमेनले कास्कीबाट बाहिरिने नाकामा सुरक्षा व्यवस्था कडा बनाइ बेचविखन रोकथाम गर्ने प्रयास भइरहेका जानकारी दिनुभयो ।

लैङ्गिक हिंसा निवारण तथा मानव बेचविखन नियन्त्रणका लागि विशेष सतर्कता अपनाएर पीडकलाई कारवाहीको व्यवस्था मिलाउन नेपाल प्रहरीसँग समन्वय गरिरहेको जानकारी कार्यक्रममा दिईएको थियो ।

प्रकाशित मिति : २०७२ असार १४ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: